निष्ट माध्यमिक विद्यालयमा विभिन्न अतिरिक्त कार्यक्रम सञ्चालन

बनेपा/निष्ट माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरुलाई शिक्षण सिकाईको परिपुरक बनाएर कार्यक्रमको आयोजना गरेको छ ।

स्कुलको विद्यार्थी परिषद अन्तर्गत रहेका साईन्स क्लब र बायो क्लबले छुट्टाछुटै कार्यक्रमहरुको आयोजना गरेका थिए । बायो अन्तर्गत एक्सटेम्पोर प्रतिस्पर्धा गराईएको थियो । बायोलोजी र वातावरणका सम्बन्धमा विद्यार्थीहरुले आफ्नो धारण प्रस्तुत गरेका थिए । उक्त प्रतिस्पर्धामा कक्षा ११ र १२ का १६ जना विद्यार्थीहरुले भाग लिएका थिए । उनिहरुको प्रस्तुतीका आधारमा प्रथम, द्धितिय र तृतिय छनोट गरिएको विद्यालयका प्रिन्सिपल दिपक भट्टले बताए ।

त्यसैगरी साईन्स क्लबद्धारा विज्ञान प्रदर्शनी गरिएको छ । प्रर्दशनीमा कक्षा ११ र १२ का विद्यार्थीहबाट २१ वटा फरक फरक प्रोजेक्ट प्रर्दशन गरिएको थियो । हरेक प्रोजेक्टलाई खुल्ला प्रतिस्पर्धात्मक बनाई मुल्याङ्गकन कमिटीले प्राप्त अंकको आधारमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थी समुह र प्रोजेक्ट छनौट गरिएको थियो । विद्यालयले समय समयमा विद्यार्थीहरुले पढाईमा सिकेका कुरालाई प्रोयोगमा ल्याउन उक्त कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल दिपक भट्टले बताए ।