न्यु मोडल एकेडेमीको अभिभावक दिवस सम्पन्न

बनेपा/ न्यू मोडल एकेडेमीले दुई दिन अभिभावक दिवस मनाएको छ । दिबसको पहिलो दिन वरिष्ठ काभ्रेली लोक गायक मच्छेश्वर सापकोटाको प्रमुख आतिथ्यतामा कक्षा प्ले ग्रुपदेखि एक सम्मका अभिभावकहरुको उपस्थिती रहेको थियो ।

दोस्रो दिन बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा कक्षा २ देखि ९ सम्मका अभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको दुबै दिनको सभापतित्व विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष सेवक श्रेष्ठले गरेका थिए । बिद्यालयको वार्षिक प्रगति विवरण प्रिन्सिपल ईश्वर के.सीले प्रस्तुत गरेका थिए । कार्यक्रम सन्चालन शिक्षकद्वय पवित्रा देवी ओझा तथा सिरिस्मा रायले गरेका थिए ।