एस एलसी ब्याज २०६२ द्धारा महाकाली माविमा पोशाक वितरण

देउपुर/ महाकाली माध्यमिक विद्यालयमा अध्यनरत २०६२ सालको एस एल सी ग्रुपद्धारा सोहि विद्यालयमा अध्यनरत कक्षा प्लेग्रुप देखी कक्षा १२ सम्मका ४ सय ४५ विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा विद्यायालय पोसाक स्वीटर वितरण गरेका छन् ।

मण्डनदेउपुर नगरपालिका नगर प्रमुख टोक बहादुर वाइवाको प्रमुख आतिथ्यतामा उक्त विद्यालय पोशाक हस्तान्तरण गरिएको दामोदर बजगाईले बताए । प्रमुख अतिथी वाईबाले यस्ता सामाजिक कार्यबाट आउने भावि पिढिहरुलाई समेत सहयोग गर्नु पर्छ भन्ने भावना जाग्रीत हुने बताए । स्थानिय सरकार वा विद्यालय एक्लैले सबै कार्य गर्न नसक्ने भएकाले सबै क्षेत्रको साथ र सहयोग भएमा काम गर्न सहज हुने वाईवाले बताए । वाईबाले आफुले पढेको विद्यालयमा सहयोग गर्ने सम्पुर्ण पुर्व विद्यार्थीहरुलाई धन्यबाद दिएका थिए । कार्यक्रममा वार्ड ४ का वडा अध्यक्ष मैतेसिङ तामाङ, वि व्यस अध्यक्ष राजन पराजुली विव्यस सदस्यहरु, प्रधानाध्यापक, शिक्षक शिक्षिकाहरुको उपस्थितीमा उक्त पोशाक वितरण गरिएको थियो ।
उक्त कार्यक्रमले विद्यालयको ५८ औ बार्षिकउत्सवको अवसरमा गठित महाकाली मा वि को पूर्व विद्यार्थी मन्चलाई थप सक्रिय हुनको लागी झक्झक्याउने दामोदर बजगाइले बताए । आफैले अध्यापन गर्दै गरेको विद्यालयका भाईवहिनीहरुलाई सहयोग स्वरुप न्यानो कपडा प्रदान गर्न पाँउदा हर्षित भएको बजगाईले बताए । हाम्रो टिमले आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको बजगाईले बताए ।