उपनिर्वाचनले दुई दलीय वकालत खण्डित गर्‍योः माओवादी

नेकपा माओवादी केन्द्रले देशलाई दुई दलीय व्यवस्थातर्फ लैजाने कांग्रेस र एमालेको योजनालाई स्थानीय तहको उपचुनावले खण्डित गरेको दावी गरेको छ । आज बसेको स्थायी समितिको बैठकले स्थानीय चुनाव पार्टीको लागि उत्साहजनक भएको निस्कर्ष समेत निकालेको छ । स्थानीय चुनावको समिक्षा गर्दा सारमा उत्साहपूर्ण नतिजा आएको निस्कर्ष बैठकले निकालेको प्रवक्ता अग्नी सापकोटाले बताए ।

वर्तमान सरकारप्रति हरेक पक्षमा जनतामा असन्तुष्टि, निराशा र आक्रोश रहेको माओवादीको ठहर छ । सरकार राम्रो काम गरिरहेका विद्युत प्राधिकरण लगायत संस्थाहरुलाई अवरोध सिर्जना गरेर देशलाई अधोगतितर्फ धकेलेको सापकोटाले बताए । उपचुनावको नतिजाले सरकारलाई अन्य कुरामा पनि दवावमा पारेको निस्कर्ष पार्टीले निकालेको सापकोटाले बताए ।

सरकारले भ्रष्टाचारलाई बढावा दिएको माओवादीको ठहर छ । माओवादीले आउँदो पुस २१ गते केन्द्रीय समिति बैठक बोलाएको छ । त्यसको तयारीका लागि पुस १८, १९ र २० गते स्थायी समिति बैठक डाकिएको छ ।