नव महाभारत
जब सम्म दुर्योधन र दुशासनहरु
राजकाज सम्हाली रहनेछ
हस्तिनापुरको हालत बेहाल हुनेछ
सक्दैनन पाण्डवहरूले रोक्न चाहेपनि
द्रोणाचार्य र भिष्म पितामह जस्ता
सम्मानित ब्यक्तित्वहरु पनि
चुपचाप सहेर बस्नु बाहेक
यस्ता चिरहरणको सिलसिला
द्रौपदीको कान्ति बिजोग
चरणबद्ध चलिरहने छ ।
जबसम्म कृष्णको कृपा हुँदैन
परमप्रेम पुत्र मोहको मायाजालमा रहेसम्म
धृतराष्ट्र जस्ता संरक्षकहरु कलंकित हुनेछ
धर्मप्रति प्रहार निरन्तर भई रहनेछ
कलियुगको यो पलमा घरिघरि
यस्तै पात्रहरुले रजगज गरिरहनेछ
अत्याचारको सिमा ननाघुन्जेल
परब्रह्मको नजर नपरुन्जेल
हरेक दिन अभिमन्युलाई जस्तो
घेरा हालेर चक्रब्यूहमा फसाउने छ
दुष्ट स्वभावको दुशासनहरुले
आजको नव महाभारतमा ।।
बनेपा – ७