देशकै उत्कृष्ट सेतीदेवी दुग्ध उत्पादक सहकारीको २४ औ वार्षिक साधारणसभा
रवी/ देशकै उत्कृष्टका रुपमा सम्मान भैईसकेको धुलिखेल २ रविमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २४ औ वार्षिक साधारण सभा धुलिखेल नगरपालिका नगर प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी ब्यान्जुले उक्त संस्था नगरको मात्रै नभई देशकै नमुना भएकाले कृषकहरुले वास्तविक प्रत्यक्ष लाभ लिन सकेको बताए । नगरपालिकाले पनि गत वर्ष उक्त संस्थालाई सम्मान गरेको बताउदै कृषकका क्षेत्रमा काम गर्दा नगरपालिकाले साझेदारीमा गर्ने बताए । दुध बाट उत्पादित सामाग्रीहरु आफ्नै संस्थामा उत्पादन गर्ने हो भने नगरपालिका बाट कस्तो सहयोग गर्नु पर्ने नगरपालिकाले गर्न तयार रहेको ब्यन्जुले बताए । संस्थाले आफ्नै गाई र्फाम, दाना उद्योग सञ्चालन गरी कृषकहरुलाई समेत राहत मिलेकाले नगरभरी लाई पुग्ने गरी दाना उत्पादन गर्नु पर्ने ब्यान्जुले बताए । कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष विदुर कोईरालले संस्थाले दुग्ध विकास संस्थानले ५ महिनाको ६ करोड रकम दिन बाँकी हुदाँ संस्थालाई धेरै असर परेको बताए । किसानलाई हामिले अन्य संस्था बाट ऋण लिएर भएपनि भुक्तानि गरेकाले सस्थालाई असर परेको हुदाँ त्यस तर्फ राज्यको ध्यान जान जरुरी रहेको बताए । संस्थाको आर्थिक वर्ष २०८०/०८१ मा १५ करोड ३८ लाख ५८ हजार ६ सय बचत, कुल आम्दानी २५ करोड ६५ लाख ३२ हजार रहेको छ भने खर्च २५ करोड ३४ लाख २६ हजार रहेको कोईरालाले बताए ।
संस्थाले गाई र्फाम सञ्चालन गरी उक्त र्फाम बाट १ कारेड ११ लख २८ हजार आम्दानी गरेको बताईएको थियो । वागमती प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको बिउँ पुजी अनुदान रु २१ ला ९६ हजार ८ सय र संस्थाको रु २२ लाख ४८ हजार गरी जम्मा ४४ लाख ४४ हजार ९ सय बाट नमुना दाना उत्पाद शुरु गरीएको संस्थाका अध्यक्ष विदुर कोईरालाले बताए । संस्थाले सदस्यहरुलाई सामाजिक सुरक्षा प्रदान गर्ने, आपतकालिन सापटी, विरामी उपचार खर्च, काजकिरिया खर्च, सदस्य दुर्घटना विमा सेवा प्रदान गर्दे आएको कोईरालाले बताए । त्यसै गरी स्वच्छ दुध संकलन तथा विक्रिका लागि बिहान र बेलुका दुध संकलनलाई निरन्तरता दिने, कृषकलाई आवश्यकता अनुसार पशु आहार तथा रसायनिक मल उपलब्ध गराउदै आएको, उत्कृष्ट किसान, विद्यार्थी, जेष्ठ नागरिक सम्मान, सहकारी शिक्षा शिबिर, पशु खोप र कृत्रिम गर्भाधारणलाई निरन्तरता, कृषक तालिम, उन्नत नश्लका गाईहरु उत्पादन गरी गाई तथा बाछीहरु किसानलाई उपलब्ध गराउने संस्थाका प्रबन्धक हरिहर अधिकारीले बताए । कार्यक्रममा काभ्रे जिल्ला दुध उत्पादक सहकारी सघं लिका अध्यक्ष तथा धुलिखेल नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नारायण बडाल, वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन न्यौपाने, जिल्ला सहकारी सघं लिका कोषाध्यक्ष अर्जुन सापकोटा, संस्थाका प्रमुख सल्लाहकार चर्तुभुज तिमल्सिना, सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष सालिकराम न्यौपाने, देउराली दुध उत्पादक सहकारी संस्था लिका अध्यक्ष बलराम कोईराला लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष बसन्त प्रसाद चौलागाईले राखेका थिए भने लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक कृष्ण बहादुर ढुंगानाले प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन सचिब दामोदर कोईरालाले राखेका थिए ।