सहकरी सघंका सञ्चालकहरुलाई संस्थागत विकास तालिम

बनेपा/ जिल्ला सहकारी संघलिका संचालक, लेखा सुपरिवेक्षण समिति र उपसमितिका सदस्यहरुलाई संस्थागत विकास तालिम प्रदान गरीएको छ ।
संघको आफ्नै भवनमा सञ्चालन गरिएको उक्त तालिममा सहकारी विज्ञ कुवेर निरौलाको प्रमुख आतिथ्यता रहेको थियो भने संघका अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्व सम्पन्न भएको थियो ।

तालिममा कार्यक्रमका प्रमुख अतिथी तथा सहजकर्ता सहकारी विज्ञ कुवेर निरौलाले सहकारीको मर्म अनुरुप सहकारी संचालन प्रक्रिया, संस्था विकासका आधार र संघले गर्नुपर्ने कार्य÷ जिम्मेवारी बहनका विषयमा प्रशिक्षण दिएका थिए । पछिल्लो समयमा सहकारी सघं ले बचत तथा ऋणको मात्रै कारोबार नगरी भातृ संस्थाहरुलाई कानुनी, ब्यबसायीकता, सहकारीका बारेमा बुझाउनु पर्ने निरौलाले बताए ।

कार्यक्रम सञ्चालन संघका सचिव प्रकाश बञ्जाराले गरेका थिए भने तालिम पश्चात संघले तय गर्न लागेको ब्यवसायिक रणनैतिक योजना निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल गर्ने संघको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले बताए ।