काठमाडौ विश्वविद्यालयमा ‘हाइयर एजुकेसन ब्रिज इनिसिएटिभ’

प्रा.डा.भोला थापा
उपकुलपति
काठमाडौ विश्वविद्यालय, धुलिखेल, काभ्रे

काठमाडौँ विश्वविद्यालयका दिवङ्गत सदस्यप्रति श्रद्धाञ्जली:
म यस दीक्षान्त समारोहको सम्बोधन नेपालको तेस्रो विश्वविद्यालय ३३ वर्षअघि स्थापना गर्ने दूरदर्शी व्यक्तित्वहरूप्रति कृतज्ञता व्यक्त गर्दै सुरु गर्दछु । यो मञ्चमा प्रोफेसर डा. सुरेशराज शर्मासँगै उभिन पाउँदा मलाई अत्यन्त गर्व महसुस भएको छ । उहाँको साहस र दृष्टिकोणले गर्दा लोकतन्त्र पुनस्र्थापनाको प्रक्रियामा रहेको देशमा विश्वस्तरीय विश्वविद्यालयको सम्भावनालाई साकार गरायो । यस अवसरमा म यस संस्थालाई निर्माण गर्न र सुदृढ बनाउन समर्पित संस्थापक रजिस्ट्रार प्रोफेसर डा. सीताराम अधिकारीलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।
काठमाडौँ विश्वविद्यालय परिवार यी अग्रजहरूको निरन्तर मार्गदर्शनलाई गहिरो सम्मानका साथ स्वीकार गर्दछ । उहाँहरू यस विश्वविद्यालयका वर्तमान अभिभावकका रूपमा हुनुहुन्छ । म र मेरा सहकर्मीहरू यस विश्वविद्यालयका संस्थापकहरूद्वारा थालिएको शैक्षिक उत्कृष्टता र राष्ट्रसेवाको परम्परालाई निरन्तरता दिने प्रतिबद्ध बनेका छौँ ।
यस विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह मनाउँदै गर्दा यो वर्ष हामीले भोगेका गहिरा क्षतिहरूलाई पनि म सम्झन्छु ।

मार्च महिनामा हामीले विश्वविद्यालयका संस्थापकमध्येका एक प्रोफेसर डा. भद्रमान तुलाधरलाई गुमायौँ । उहाँको अनुपस्थिति विश्वविद्यालयले प्रत्येक दिन महसुस गर्दछ । उहाँको स्मृतिमा हामीले आर्ट्स स्कुलको नयाँ भवनलाई ‘भद्रमान तुलाधर भवन’ नामकरण गरेका छौं ।
अक्टोबरमा हामीले संस्थापक उपकुलपति आदरणीय प्रोफेसर डा. सुरेशराज शर्माज्यूकी धर्मपत्नी श्रीमती उर्मिला ढुङ्गेलज्यूलाई गुमायौं । उर्मिला ढुङ्गेलज्यू आदरणीय डा. सुरेशराज शर्माज्यूलाई यस विश्वविद्यालयको स्थापना र विकासका लागि दिनरात अथक परिश्रम गर्न प्रेरित गर्ने प्रमुख आधार हुनुहुन्थ्यो । उहाँ हामी सबैका लागि मातृवत् आदर्श र मार्गदर्शक हुनुहुन्थ्यो र यस विश्वविद्यालयमा हुर्किएका धेरैका लागि ‘गुरुआमा’ का रूपमा सम्मानित हुनुहुन्थ्यो ।

नोभेम्बरमा हामीले प्रतिनिधिसभाका पूर्वसभामुख तथा संरक्षण समितिका पूर्वअध्यक्ष दमननाथ ढुङ्गानालाई गुमायौँ । लोकतन्त्रका प्रबल समर्थक उहाँ उदार शिक्षा र काठमाडौँ विश्वविद्यालयका पूर्ण सहयोगी हुनुहुन्थ्यो । गत वर्ष हामीले उहाँलाई ‘केयू ओरेसन’ द्वारा सम्मान गरेका थियौँ, तर उहाँ यात्राको क्रममा हुनुभएकाले शारीरिक रूपमा उपस्थित हुन सक्नुभएन । यस वर्ष उहाँ स्वर्गीय हुनुभयो र यसै साता केयू दिवसका अवसरमा उहाँका परिवारलाई मरणोपरान्त सम्मानपत्र हस्तान्तरण गर्न पायौँ ।

काठमाडौँ विश्वविद्यालय परिवारका तर्फबाट म विश्वविद्यालयका यी महान् तपस्वीहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

३० औँ दीक्षान्त समारोह:
आज यो ऐतिहासिक क्षणमा यहाँहरूसमक्ष उभिएर सम्बोधन गर्न पाउँदा म अत्यन्त गौरवान्वित महसुस गरिरहेको छु ।
काठमाडौँ विश्वविद्यालयले आफ्नो ३० औँ दीक्षान्त समारोह मनाउँदै गर्दा हामी महत्वपूर्ण इतिहास रच्दैछौँ । उच्च शिक्षाको इतिहासका सन्दर्भमा हामी अपेक्षाकृत युवा हौँ, किनभने नेपालले आफ्नो पहिलो विश्वविद्यालय सन् १९५९ मा मात्र पाएको थियो । काठमाडौँ विश्वविद्यालय देशको तेस्रो विश्वविद्यालयका रूपमा सन् १९९१ मा स्थापना भएको हो । आज हामीले ३० औँ दीक्षान्त समारोह मनाइरहेका छौँ, जुन हाम्रो राष्ट्रको इतिहासमा महत्वपूर्ण कोसेढुङ्गा हो । आज १२५६ विद्यार्थी दीक्षित हुँदैछन् । आजदेखि काठमाडौँ विश्वविद्यालयका स्नातकहरूको सङ्ख्या ४६,६९३ पुगेको छ ।

शैक्षिक उत्कृष्टता:
म काठमाडौँ विश्वविद्यालयको उपकुलपति बनेपछि मेरा सहकर्मीहरूले र मैले शैक्षिक उत्कृष्टता, नवप्रवर्तन, सामाजिक प्रभाव र वैश्विक पहिचान निर्माण गर्न सम्पूर्ण ऊर्जा केन्द्रित गरेका छौँ । यो लक्ष्य हासिल गर्नका लागि हामीले स्थानीय र विश्वव्यापी बजारका बदलिँदा मागहरूलाई ध्यानमा राखी विशेष रूपमा तयार पारिएका कार्यक्रमहरू सञ्चालन गरेका छौँ । ज्ञानलाई लोकतान्त्रीकरण गर्ने काठमाडौँ विश्वविद्यालयको लक्ष्यअनुरूप हामीले उन्नत डिजिटल प्लेटफर्मद्वारा समर्थित सुलभ शैक्षिक विकल्प प्रदान गर्दै पहुँच बढाउने काम गरेका छौँ ।
वैश्विक रूपमा काठमाडौँ विश्वविद्यालयको ब्रान्ड मूल्यलाई बलियो बनाउनका लागि हामीले दृश्यात्मक र अनलाइन उपस्थिति निर्माण गर्दै आएका छौँ । साथै, सम्भावित विद्यार्थी र पूर्वविद्यार्थीहरूसँगको सम्बन्ध वृद्धि गर्न गतिशील डिजिटल मार्केटिङ रणनीतिमा ध्यान केन्द्रित गरेका छौँ । यसै प्रयासका कारण काठमाडौँ विश्वविद्यालयले टाइम्स हायर एजुकेसन एसियन विश्वविद्यालयको ¥याङ्किङमा राम्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

हामीले सह–पाठ्यक्रम गतिविधि, कार्यशाला र व्यक्तिगत छात्र सहायता सेवाहरूको माध्यमबाट समग्र विकासमा जोड दिइरहेका छौँ । यसले विश्वविद्यालयको समग्र व्यक्तित्व विकासको सिद्धान्तलाई अझ बलियो बनाएको छ । जीवन्त क्याम्पस संस्कृति प्रवर्धन गर्दै, अनुसन्धानलाई प्राथमिकता दिँदै र पूर्वविद्यार्थीहरूको सक्रिय संलग्नतामा ध्यान दिँदै हामीले काठमाडौँ विश्वविद्यालयलाई अग्रगामी संस्था बनाएका छौँ । यसले भविष्यको नेतृत्व वर्ग निर्माण गर्न र नेपालमा मात्र नभई दक्षिण एसियाको सामाजिक प्रगतिमा योगदान पु¥याउन विश्वविद्यालयलाई तयार पारेको छ ।

अनुसन्धानमा नवप्रवर्तन:
काठमाडौँ विश्वविद्यालयले नेपालको वातावरणीय र जलवायु परिवर्तन सम्बन्धी अभियानको नेतृत्व गर्दै आएको छ । गत भदौमा भएको हाम्रो दीक्षान्त समारोहका अवसरमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले विश्वविद्यालय परिसरभित्र स्थापित नेपालको पहिलो Green Hydrogen Refueling Center र हाइड्रोजन कारको उद्घाटन गर्नुभएको थियो । त्यो विशेष क्षण थियो र प्रधानमन्त्रीज्यू हाइड्रोजन कारमा चढेर दीक्षान्त समारोह स्थलमा पुग्नुभएको थियो । त्यस अवसरले काठमाडौँ विश्वविद्यालयको अत्याधुनिक अनुसन्धानमा अगुवाइ मात्रै होइन, जलवायु परिवर्तनका लागि ऊर्जा रूपान्तरणको अत्यावश्यकता र हरित हाइड्रोजन पहलमा नेपालको भूमिकालाई पनि उजागर गरेको थियो ।

त्यस्तै, विश्वविद्यालय परिसरभित्र टनेल र Underground Geotech प्रयोगशाला निर्माण गरी इन्जिनियरिङ अनुसन्धान र अभ्यासमा हाम्रो क्षमता परीक्षण गर्ने काम पनि हामी गर्दैछौँ । जलवायु परिवर्तनबारे सम्बोधन र शैक्षिक कार्यक्रममार्फत दिगो विकास प्रवर्धन गर्ने प्रतिबद्धताका साथ काठमाडौँ विश्वविद्यालयले हिमनदी विज्ञान (Glaciology), प्राकृतिक स्रोत, ऊर्जा प्रणाली, Energy Efficient, भवन डिजाइन र खानी इन्जिनियरिङ जस्ता विषयमा विशेषज्ञता कार्यक्रमहरू सुरु गरेको छ । नेपालको झन्डै आधा चिकित्सक र सम्बन्धित स्वास्थ्यकर्मीहरू काठमाडौँ विश्वविद्यालयका स्नातक भएको तथ्यले हाम्रो राष्ट्रप्रतिको सेवाको प्रमाण दिएको छ ।

हामीले कला, शिल्प, डिजाइन र सङ्गीतजस्ता मौलिक अभ्यासहरूका साथै आतिथ्य र विमान व्यवस्थापनमा प्रविधिक सीपलाई मान्यता दिने Academic Recognition of Prior and Experiential Learning  कार्यक्रम पनि सुरु गरेका छौँ । परम्परागत र पारिवारिक व्यवसाय/पेसामा संलग्न तर ती क्षेत्रमा विश्वविद्यालयको डिग्री हासिल गर्न नसक्ने व्यक्तिहरूका लागि शिल्प र डिजाइनका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ल्याएका छौँ । तपाईंहरूलाई हात्तीवनस्थित कला विद्यालयको परिसर भ्रमण गर्ने अवसर मिल्यो भने त्यहाँको शिल्प र डिजाइन कार्यशालामा दाङ जिल्लाका परम्परागत कुमाल समुदायका तीन विद्यार्थीहरूले उत्कृष्ट ऋभचबmष्अ काम गरिरहेको देख्न सक्नुहुनेछ । ती विद्यार्थीहरूलाई हाम्रो जीवित सांस्कृतिक सम्पदालाई मान्यता दिने अभियानको हिस्साका रूपमा पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ ।

हामीले स्वास्थ्य सूचना विज्ञान (ज्भबतिज क्ष्लायचmबतष्अक) जस्तो अन्तरविषयगत कार्यक्रम मेडिकल साइन्सेज र इन्जिनियरिङ स्कुलको संयुक्त कार्यक्रमका रूपमा तथा योगविज्ञान (थ्यनष्अ क्अष्भलअभक) आर्ट्स स्क्ुल र मेडिकल साइन्सेज स्कुलको संयुक्त कार्यक्रमका रूपमा सुरु गरेका छौँ । साथै, नेपाल प्रविधि नवप्रवर्तन केन्द्रमा हामीले हेमाटो–अन्कोलोजी अनुसन्धान केन्द्र सुरु गरेका छौँ । धुलिखेल र बनेपामा क्रमशः मानसिक स्वास्थ्य अनुसन्धान केन्द्र र मधुमेह अनुसन्धान केन्द्र स्थापना गरेका छौँ । काठमाडौँ विश्वविद्यालयले विश्वमै पहिलोपटक म्ः ष्ल म्ष्बदभतययिनथ कार्यक्रम सुरु गरेको छ । यसले हाम्रो अनुसन्धान र शैक्षिक क्षेत्रमा नवप्रवर्तनका लागि अटल प्रतिबद्धता झल्काउँछ ।

शिक्षा र उद्योग:
सम्माननीय प्रधानमन्त्री तथा कुलपतिज्यूको र हाम्रो दृष्टिकोण एउटै भएपछि हामीले हालै ‘हाइयर एजुकेसन ब्रिज इनिसिएटिभ’ सुरु गरेका छौँ । यसबाट इन्जिनियरिङ र साइन्स स्कुलका स्नातकहरू शिक्षा सुधार र स्रोत प्रयोगका प्रयासहरूमा योगदान पु¥याउन सफल र रोजगार भएका छन् । यस इनिसिएटिभले हाम्रा स्नातकहरूलाई विद्यालय शिक्षाको गुणस्तरमा अर्थपूर्ण योगदान पु¥याउन र सामुदायिक संलग्नता मार्फत मूल्यवान् व्यावसायिक अनुभव प्राप्त गर्नका लागि अवसर प्रदान गरेको छ ।
हामीले व्यवसाय इन्क्युबेसनका लागि नयाँ वातावरण र परिस्थिति प्रणाली स्थापित गरेका छौँ । यस अन्तर्गत केयूले हाम्रा छात्र, अनुसन्धानकर्ता र प्राध्यापकहरूले स्थापना गरेका ३० कम्पनीहरूमा लगानी गरेको छ । साथै, हामीले हाम्रा स्नातकहरूको स्टार्टअपलाई समर्थन गर्नका लागि इक्विटी लगानीका लागि एक कोष पनि स्थापना गरेका छौँ ।

हामी विश्वव्यापी रूपमा एक चुनौतीको सामना गरिरहेका छौं, जहाँ उच्च शैक्षिक संस्थाहरूको सङ्ुख्या बढ्दै गएको छ भने विद्यार्थीहरूको सङ्ख्या स्थिर रहेको छ । विश्वभरका विश्वविद्यालयहरू कुनै न कुनै सङ्कटको सामना गर्दैछन् र पश्चिमी विश्वविद्यालयहरू लगातार पूर्वतर्फ विद्यार्थीहरूको खोजीमा भित्रिइरहेका छन् । विद्यार्थीहरूको सङ्ख्या ठूलो परिवर्तनमा रहेको अवस्थामा हामी स्थिर रहन सक्दैनौँ । अब हामी नयाँ वैश्विक शिक्षा गतिशीलता निर्माण गर्न तयार भएका छौँ । यसले देशबाहिर विद्यार्थीहरूको खोजी गर्दछ भने उच्च शैक्षिक क्षमताको विस्तार पनि गर्दछ । त्यसैले हामीले अस्ट्रेलियामा सूचना प्रविधि विधाको स्नातक कार्यक्रम सुरु गरेका छौँ भने जापानमा विभिन्न विषयहरूमा स्नातक कार्यक्रम सुरु गर्ने प्रक्रियामा छौँ । त्यस्तै, हामी नेपाली सांस्कृतिक धरोहर र ज्ञान प्रणालीलाई विश्वका विभिन्न देशहरूमा पु¥याउन प्रतिबद्ध छौँ । श्री विश्वेश्वर योग अनुसन्धान संस्थान, तिरुपती, भारतमा योगिक विज्ञानको स्नातक कार्यक्रम सफलतापूर्वक सुरु गरेपछि अब हामी दक्षिण कोरियामा पनि योगिक विज्ञानको स्नातक कार्यक्रम सुरु गर्ने तयारी गर्दैछौँ ।

अन्तर्राष्ट्रिय सहकार्य र पहुँच:
अनुसन्धानात्मक विश्वविद्यालयका रूपमा विकास गर्ने लक्ष्यसहित काठमाडौँ विश्वविद्यालयले प्रतिष्ठित अन्तर्राष्ट्रिय विश्वविद्यालयहरू र उच्च शैक्षिक संस्थाहरूसँगको सहकार्यलाई बलियो बनाइरहेको छ । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदराबादसँगको हाम्रो संयुक्त पीएचडी डिग्री कार्यक्रम पूर्ण रूपमा चलिरहेको छ र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्राससँगको संयुक्त मास्टर कार्यक्रमका तीन विद्यार्थीहरू आज दीक्षित हुन लागेका छन् । हामी इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी पटनासँग सहकार्य सुरु गर्ने दिनको प्रतीक्षामा छौँ । आजका प्रमुख अतिथि र दीक्षान्त समारोहका वक्ता प्रा. डा. त्रिलोकनाथ सिंह क्ष्क्ष्त् पटनाका निर्देशक हुनुहुन्छ । सिभिल इन्जिनियरिङका विशिष्ट प्राध्यापक सिंहसँग खनिज भूविज्ञान, रक मेकानिक्स, टनेलिङ र ब्लास्टिङमा विशेषज्ञता छ । प्रोफेसर सिंहलाई का. वि. को ३० औँ दीक्षान्त समारोहमा सहभागी हुनुभएकोमा धन्यवाद दिन चाहन्छु र भविष्यमा सहकार्य गर्ने अवसरको अपेक्षा पनि गर्दछु ।

का. वि. को टनेल परियोजना यो स्टेजदेखि केही मिटरको दूरीमा छ । म हाम्रा प्रमुख अतिथिज्यूलाई यस परियोजनाको भ्रमण गर्न र यसमा संलग्न हाम्रा सहकर्मीहरूलाई मार्गदर्शन दिनका लागि अनुरोध गर्दछु, किनकि यो उहाँको विशेषज्ञता क्षेत्र हो ।
फेब्रुअरी २०२४ मा काठमाडौँ विश्वविद्यालयले सफलतापूर्वक भारतीय विश्वविद्यालय सङ्घको उत्तर क्षेत्रको उपकुलपति बैठक आयोजना गरेको थियो । त्यस संस्थामा काठमाडौँ विश्वविद्यालय सहायक सदस्यका रूपमा संलग्न छ । त्यस बैठकले २५० भन्दा बढी उच्च शिक्षाका नेतृत्व वर्गहरूलाई एकत्रित गरी उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणका महत्वपूर्ण विषयहरूमा छलफल गर्ने अवसर प्रदान गरेको थियो ।

स्मरण र आभार:
आजको दिन मेरा लागि व्यक्तिगत र व्यावसायिक रूपमा अत्यन्तै महत्वपूर्ण दिन हो । म सन् १९९४ मा काठमाडौँ विश्वविद्यालयमा लेक्चररका रूपमा आउँदा युवा थिएँ । म इन्जिनियरिङ स्कुलको मेकानिकल इन्जिनियरिङ विभागमा पहिलोपल्ट नियुक्ति पाएका शिक्षकहरूमध्ये एक थिएँ । विश्वविद्यालयको आकार र प्रतिष्ठा बढ्दै गयो । म पनि शिक्षक र व्यक्तिका रूपमा विकसित हुँदै गएँ । म मेरा वरिष्ठ सहकर्मी र गुरुहरूको हेरचाहमा हुर्किएँ । मैले नयाँ पुस्ताका विद्यार्थीहरूलाई पनि मार्गदर्शन गर्दै गएँ । उनीहरू इन्जिनियर, विद्वान् र विभिन्न स्थानमा आफ्नो पेसामा आबद्ध बने ।

त्यसै गरी मैले विश्वविद्यालय राम्रोसँग सञ्चालन गर्नका लागि विभिन्न प्रशासनिक जिम्मेवारीहरू पनि सम्हालेँ । म इन्जिनियरिङ स्कुलको डिनका रूपमा कार्यरत भएँ, त्यसपछि रजिस्ट्रार बनेँ र सन् २०२० को जनवरीमा विश्वविद्यालयको उपकुलपति बन्ने अवसर मैले पाएँ । मलाई यस विश्वविद्यालयको उच्चतम प्रशासनिक पदमा सेवा गर्न पाउँदा अत्यन्त खुसी महसुस भएको छ ।

यस विश्वविद्यालयले मलाई काम गर्ने ठाउँ, विद्यार्थीहरू, सहकर्मीहरू र बहुमूल्य ज्ञान दिएको छ, मलाई घरको जस्तो आराम, मेरा विचारहरूका लागि खेलमैदान र प्रतिस्पर्धात्मक ठाउँ दिएको छ, मेरो धारणाहरूलाई चुनौती दिएको छ र मलाई राम्रो पेसेवर, राम्रो प्राध्यापक र राम्रो व्यक्ति बन्न मद्दत गरेको छ । म विश्वविद्यालय परिवारप्रति असाध्यै आभारी छु ।

संयोगको कुरा, म उपकुलपति नियुक्त भएको बेला सन् २०२० मा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । आज हामी पूर्ण चक्रमा आएका छौँ । उहाँलाई फेरि विश्वविद्यालयको कुलपतिका रूपमा स्वागत गर्दै उपकुलपति पदको मेरो कार्यकाल म पूरा गर्दैछु ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
म तपाईंलाई आफ्नो कार्यकालमा र अन्य समयमा यस विश्वविद्यालयका लागि दिनुभएको सम्पूर्ण सहयोगका लागि आभार व्यक्त गर्दछु । काठमाडौं विश्वविद्यालयले नेपालको उच्च शिक्षाको क्षेत्रलाई सुदृढ पार्दै नेपाललाई समृद्ध देश बनाउन गरेको प्रयासमा तपाईंको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दछु ।

त्यसै गरी म माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं उपकुलपति श्री विद्या भट्टराईलाई काठमाडौँ विश्वविद्यालयलाई दिएको मार्गदर्शनका लागि धन्यवाद दिन चाहन्छु । हामी तपाईंको निरन्तर मार्गदर्शनको आशा गर्दछौँ ।

म प्रोफेसर टी. एन. सिंहलाई धन्यवाद दिन चाहन्छु । उहाँ आफ्नो अत्यधिक व्यस्त समय–तालिकामा पनि दीक्षान्त समारोहमा सहभागी हुन धुलिखेल आउनुभएको छ ।

त्यसै गरी म सबै पदाधिकारीहरू, शिक्षक–प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूको कडा मिहिनेतले गर्दा नै यो विश्वविद्यालय नेपालको उत्कृष्ट विश्वविद्यालय बन्न सकेको हो ।
म आज दीक्षित हुन लागेका स्नातकहरूका अभिभावक, संरक्षक र साथीहरूलाई धन्यवाद दिन चाहन्छु, जो देशका विभिन्न कुनाबाट आएका छन् र हाम्रा स्नातकका उपलब्धिहरू थाहा पाउने अवसर पाएका छन् । म नयाँ स्नातकहरूलाई नयाँ र सफल यात्राको शुभकामना दिन चाहन्छु । उनीहरू शैक्षिक, पेसेवर र राष्ट्रनिर्माणकर्ताका रूपमा अघि बढ्नेछन् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

प्रिय स्नातक विद्यार्थीहरू,
तपाईंहरू यो नयाँ र रोमाञ्चक अध्यायमा पाइला राख्दै हुनुहुन्छ । तपाईंहरू सही सीप, प्रतिष्ठित डिग्री र बलियो मानसिकताबाट सुसज्जित हुनुहुन्छ । यसले तपाईंहरूलाई पहिलेको भन्दा फरक पार्न मद्दत गर्नेछ । तपाईंहरू काठमाडौँ विश्वविद्यालयका वैश्विक दूतहरू हुनुहुन्छ । तपाईंहरूले विश्वविद्यालयको नाम संसारका हरेक कुनामा चिनाउनुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

आज दीक्षित हुने स्नातकहरूमा लैङ्गिक समानता देखिनु हामीले गर्व गर्ने विषय हो । आज ५१% स्नातक विद्यार्थी महिला छन् । उच्च शिक्षामा न्याय र समानताका लागि हाम्रो यो यात्रा एउटा महत्वपूर्ण कोसेढुङ्गा बनिरहेको छ ।
अन्त्यमा म तपाईंहरूलाई सम्झाउन चाहन्छु — एकपटक काठमाडौँ विश्वविद्यालय परिवारको सदस्य बनेपछि तपाईं सधैँ विश्वविद्यालय परिवारको सदस्य हुनुहुन्छ ।
तपाईंहरू सबैलाई आजको दीक्षान्त समारोहमा पुनः स्वागत गर्दछु । धन्यवाद !