नाईटिङ्गेल एकेडेमी बनेपामा किड्स स्पोर्टस फेस्टिवल

 बनेपा/नाईटिङ्गेल एकेडेमी बनेपामा किड्स स्पोर्टस फेस्टिवल २०८१ आयोजना गरिएको छ । बनेपा नगरपालिका कार्यवाहक प्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितकारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रिन्सिपल उमा बस्नेतले विद्यालयको शैक्षिक गतिविधिका साथै खेलकुदका विषयमा जानकारी गराएकी थिईन् । किड्स स्पोर्टस फेस्टिबलमा समावशे विद्या र त्यसमा सहभागि विद्यार्थीहरु, विद्यार्थीहरुलाई खेलकुद मार्फत दिन खोजिएको अतिरिक्त कृयाकलापका साथै जीवनपयोगी र ब्यवहारीक ज्ञानका बारेमा प्रिन्सिपल बस्नेतले बताईन् । प्रमुख अतिथी उपप्रमुख विमला सापकोटाले नगरपालिकाले संस्थागत विद्यालयहरुलाई समेत समेटेर शिक्षा नीति र त्यसले समेटेका विषयहरुलाई प्रभावकारी रुपमा कायान्वयनमा जोड दिन नगरपालिकाले गतिविधि गरिरहेको बताईन् ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितले विद्यार्थीहरुलाई सैद्दान्तिक सँगै ब्यवहारीक ज्ञानको आवश्यकता रहेकाले अतिरिक्त कृयाकलापमा समावेश गरिएको बताए । कार्यक्रममा विद्यालयका अभिभावकहरु, बनेपा नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु, शिक्षक तथा कर्मचारीहरुका साथै विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । मार्चपास, पिटी, नृत्य, तेक्वान्दो, पिटी जम्प लगायतका विभिन्न विद्याका खेलकुद कृयाकलापहरु समावेश थिए । सहभागिहरुलाई प्रमुख अतिथी लगायतले पुरस्कार वितरण गरेका थिए । हरेक वर्ष विद्यालयले यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।