विराटनगर किंग्समाथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित

काठमाडौं/ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा काठमाडौं गुर्खाजले विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ ।

आइतबार भएको खेलमा विराटनगर किंग्समाथि काठमाडौं गुर्खाजले १ विकेटको रोमाञ्चक जित निकालेको हो ।

जितका लागि १ सय १८ रनको लक्ष्य पाएको काठमाडौं गुर्खाजले १८.१ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो ।