निष्ट कलेजमा स्नातक तह 'पास आउट' भएकालाई विदाई
निष्ट कलेजको स्नातक तहमा सञ्चालित विएसी, सिएस आईटी, विआईएम र बिसिएमा पास आउट भएका विद्यार्थीहरुलाई विदाई गरिएको छ ।
कार्यक्रममा निष्ट फाउण्डेशन तथा निष्ट कलेजका संस्थापक डा. माधव बरालको सभापतित्व तथा फुलचोकी ईन्जिनियरिङ्ग कलेका प्रो. डा.सुवर्ण शाक्यको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा नेशनल स्कुल अफ साईन्सेसका निर्देशक प्रनिता शर्मा बराल, निष्ट कलेजकाशिक्षा निर्देशक राजेन्द्र कुमार घिसिङ्ग, प्रिन्सिपल दिपक भट्ट, प्रशासन प्रमुख पुण्य कटेल, कार्यक्रम ईन्चार्जहरु, शिक्षक कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन प्रशासन प्रमुख पुण्य कटेलले गरेका थिए ।