सुदूरपश्चिमसँग हारेर पनि प्लेअफमा पुग्यो कर्णाली

काठमाडौं / सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सले शानदार जित दर्ता गरेको छ ।

जितका लागि कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । सुदूरपश्चिम रोयल्ससँग हारे पनि कर्णाली प्लेअफमा पुगेको छ ।

सुदूरपश्चिमले १२.२ ओभरमा कर्णालीमाथि जित हासिल गरेको भए काठमाडौं गुर्खाज शीर्ष चारमा रहेर प्लेअफ पुग्ने समीकरण थियो ।

तर, सुदूरपश्चिमले १२.२ ओभरमा तीन विकेट गुमाएर ७२ रन मात्रै बनाएपछि कर्णाली रनरेटमा माथि रहँदै प्लेअफमा पुग्न सफल भएको हो । योसँगै एनपिएलको प्लेअफमा पुग्नै चार वटै टोलीको टुंगो लागेको छ ।