कपालमा तेल लगाएर सुत्नु ठीक कि गलत ?

कपाल यस्तो अवस्थामा जराबाट मात्र बलियो र स्वस्थ हुन्छ, जब त्यसको सही तरिकाले हेरचाह गरिन्छ। कपालको हेरचाह सम्बन्धी दिनचर्याले कपालको स्वास्थ्यलाई धेरै हदसम्म प्रभाव पार्छ।

धेरै मानिसहरू राति सुत्नुअघि तेल लगाउँछन् ताकि तेल कपालमा राम्रोसँग सोसियोस्। त्यस्तै, केही मानिसहरू दिनभरको थकान मेट्न राति कपालमा तेल लगाएर सुत्छन्। तर, के यो तरिका सही होरु के सुत्नुअघि कपालमा तेल लगाउनु स्वास्थ्यका लागि राम्रो हो रु के यसले कपाललाई कुनै हानि पुर्‍याउँदैन ?
आज हामी तपाईंलाई कपालमा तेल लगाउने सही समय कहिले हो र राति सुत्नुअघि कपालमा तेल लगाउनु राम्रो हुन्छ वा हुँदैन भन्नेबारे जानकारी दिँदैछौं।

राति सुत्नुअघि तेल लगाउनु ठीक हो ?

हेयर एक्सपर्टका अनुसार, तेलले कपाललाई कन्डिसन गरेर चम्किलो बनाउँछ, त्यसैले कपालमा तेल लगाउनु आवश्यक छ। तर, तेल लगाउनका लागि सही समय चाहिन्छ। यदि तपाईं राति सुत्नुअघि कपालमा तेल लगाउनुहुन्छ भने आजैदेखि यो बानी त्याग्नुहोस्।

सुत्नुअघि कहिल्यै पनि कपालमा तेल लगाउनु हुँदैन। यदि तपाईं रातभर कपालमा तेल लगाएर छोड्नुहुन्छ भने यसले फंगल इन्फेक्सन हुन सक्छ, कपाल धेरै चिपचिपे हुन्छ, जसले गर्दा ड्यान्ड्रफको समस्या तीव्र रूपमा बढ्न सक्छ।

कपालमा कहिले तेल लगाउनु उपयुक्त हुन्छ ?

कपालमा तेल लगाउनु कपालको हेरचाहका लागि महत्त्वपूर्ण हो, तर तेल लगाउने सही समय हुनुपर्छ। कपालमा स्याम्पु गर्नुभन्दा १ घण्टा अगाडि तेल लगाउनुहोस्। तेललाई कपालमा घुलित हुन ६–७ घण्टा चाहिँदैन केवल १ घण्टा पर्याप्त हुन्छ। त्यसैले कपाल धुनुभन्दा १ देखि २ घण्टा अगाडि तेल लगाउनु उपयुक्त हुन्छ।

कपालमा तेल लगाउने सही तरिका

सधैं कपालमा हल्का न्यानो (गुनगुना) तेल प्रयोग गर्नुहोस्, किनकि यस्तो तेल चाँडै सोसिन्छ। कपाललाई धेरै भागमा विभाजन गरेर जरासम्म तेल मालिस गर्नुहोस्। हातमा तेल लगाएर दुई–तीन पटक राम्रोसँग मालिस गर्नुहोस्।

त्यसपछि चौडा दाँत भएको काँइयोले कपाल कोर्नुहोस् ताकि तेल सबै भागसम्म राम्रोसँग पुग्न सकोस्। यदि तपाईं यस तरिकाले कपालमा तेल लगाउनुहुन्छ भने कपालसँग सम्बन्धित समस्याहरूले तपाईंलाई सताउन पाउनेछैन। -एजेन्सीको सहयोगमा