मैत्रीपुर्ण फुटसलमा एमालेलाई ९ का बिरुद्ध युवा संघले गर्यो १० गोल

बनेपा/राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी काभ्रेले खुल्ला फुटसल प्रतियोगिता तयारीका लागी बनेपा स्थित एबिएम फुटसल हलमा एमाले निकट युवा संघ काभ्रे र नेकपा एमाले काभ्रे बिच मैत्रीपुर्ण फुटसल खेल भएको छ ।
प्रतियोगितामा एमाले पोलिट्ब्युरो सदस्य एवं पुर्वमन्त्री गोकुल बास्कोटाले १ गोल,जिल्ला कमिटि अध्यक्ष राजन भुर्तेलले १ सहीत पाटीको तर्फबाट ९ गोल गरेका छने भने युवा संघ अध्यक्ष ईश्वरबल्लव सापकोटाले १ गोल सहित युवा संघकातर्फ बाट १० गोल गरेका छन् ।
प्रतियोगितामा नेकपा एमाले जिल्ला कमिटि सदस्यहरु तथा युवा संघका तर्फबाट अध्यक्ष तथा पदाधिकारीहरुले प्रतियोगितामा भाग लिएका थिए ।

युवा संघले यहि पौष १५ र १६ गते बनेपा–११ स्थितएबिएम स्कुलको फुटसल मैदानमा प्रतियोगिता सञ्चालन गर्दै छ । प्रतियोगितामा सहभागीहुन चाहनेले पौष १२ गतेसम्ममा टिदर्ता गराउनुपर्नेछ । प्रतियोगितामा सहभागी टिमका लागि ३ हजार प्रवेश शुल्क तोकिएको छ ।
विजेताटिमले नगद ५०हजार रुपैयाँ सहितट्रफी, मेडल र प्रमाणपत्रप्राप्तगर्नेछ भने दोस्रो हुनेले नगद २५ हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदानगरिनेछ । प्रतियोगिताले जिल्लास्तरमा खेलको प्रवद्र्धनका साथै स्थानीय प्रतिभा प्रवद्र्धन गर्ने अध्यक्ष सापकोटाको विश्वास छ ।
