पिपुल्स साकोसले दियो धुप बनाउने तालिम
बनेपा/ पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको महिला सशक्तिकरण तथा बालविकास उप–समितिको आयोजनामा संस्थाको मुख्य कार्यालयमा धुप बनाउने तालिम प्रदान गरेको छ । तालिममा ४० सदस्यहरुको सहभागीता रहेको थियो ।
तालिमको संयोजन उप–समिति संयोजक रिजना भण्डारीले गरेकी थिईन । संस्थाका अध्यक्ष निरन शाक्यले संस्थाले आफ्ना सदस्यहरुलाई सिपमुलक विभिन्न तालिमहरु प्रदान गर्दै आएको बताए । सस्थाको उदेश्य भनेकै सदस्यहरु रोजगार बनी आत्मनिर्भर बन्नु रहेको शाक्यले बताए ।
सस्थाको उदेश्य भनेकै सदस्यहरु रोजगार बनी आत्मनिर्भर बन्नु रहेको शाक्यले बताए । संस्थाले विभिन्न समयमा डल्लो साबुन बनाउने, धुप बत्ति बनाउेु लगायतका सिपमुलक तालिम प्रदान गरेको बताए ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान, स्वास्थ्य शिबिर, ज्येष्ठनागरिकहरुलाई तिर्थाटन लगिएको शाक्यको भनाई थियो ।
तालिममा संस्थाका सचिव सन्तोष घिमिरे, सञ्चालक सदस्य कपिल प्रसाद दुलाल, द्वारीका गौतम महिला सशक्तिकरण तथा बालविकास उप–समिति सदस्य अञ्जु कायस्थ र सविना मिश्र, सामुदायिक विकास उप–समिति सदस्य अप्सरा पुडासैनी, उप–समिति तथा कर्मचारीहरु लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रम संचालन तथा वित्तिय एवं प्रविधि साक्षरता प्रशिक्षण प्रबन्धक नवराज सापकोटाले र तालिम प्रशिक्षण अञ्जुकुमारी श्रेष्ठले दिएका थिए । तालिम सम्पन्न पश्चात प्रशिक्षार्थिहरुलाई प्रमाण–पत्र वितरण गरिएको प्रवन्धक नवराज सापकोटाले बताए ।