सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढ्यो

काठमाडौँ / सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य बढेको हो ।

सोमबार प्रतितोला १ लाख ५१ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आज १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर रह्यो । आज चाँदी प्रतितोला १ हजार ८४० रूपैयाँमा कारोबार भएको थियो ।