प्रधानमन्त्री विरुद्ध अफवाह फैलाउँदै रास्वपा र माओवादीका नेता कार्यकर्ता
बनेपा/प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी निकट वाईसिएलका नेता कार्यकर्ताहरु संगठित रुपमा भ्रामक घटना सिर्जना गरी अफवाह फैलाउन सक्रिय रहेको खुलासा भएको छ ।
पौष २ गते विहान काभ्रेको बनेपामा प्रधानमन्त्री केपी शर्मा ओली माथि आक्रमण भएको भन्दै दुई दलका नेता तथा कार्यकर्ताहरुले नक्कली भिडियो तयार गरी शेयर गर्न शुरु गरेका थिए । एकाएक उक्त भिडियो भाईरल गराईयो । प्रहरी, प्रशासन त साँझसम्म उक्त कुरामा अनभिज्ञ नै थियो । त्यतिबेला प्रधानमन्त्री ओली भने ललितपुरमा आयोजित एक कार्यक्रममा सहभागि थिए । सुरक्षा निकायले काभ्रेपलाञ्चोक जिल्लामा प्रधानमन्त्री आउने कुनै कार्यक्रम तय नभएको स्पष्ट पारेको थियो ।
शनिबार मसिंर २९ गते प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टर मार्फत धुलिखेल स्थित काठमाडौ विश्वविद्यालयमा आयोजित दीक्षान्त समारोहमा सहभागि भएका थिए । तर बनेपामा आउने कुनै कार्यक्रम थिएन । कार्यक्रम नै नभएको, सहभागि नभएको र हुँदै नभएको घटनालाई हो जस्तै गरी अन्यत्र सहभागि भएका क्लिप्सहरु राखेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आक्रमण गरी कुटपिट समेत गरेको भन्दै भिडियो बनाउने र फैलाउने रास्वपा र नेकपा माओवादी निकटका नेता कार्यकर्ता भएको खुलासा भएको हो ।
प्रहरीले उक्त विषयमा आवश्यक अनुसन्धान शुरु गरेको बताएको छ । यस अघि पनि प्रधानमन्त्री ओली विरुद्ध त्यस्तै अफवाह फैलाउने सामाग्री सार्वजनिक गरिएको थियो । यतिबेला रास्वपा सभापति तथा पुर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने सहकारी ठगी अभियोगमा अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा छन् । उनि विरुद्ध विभिन्न घटनामा अनुसन्धानका लागि मुद्दा दायर हुँदैछ ।