एमाले काभ्रे पालिकासँगै टोल कमिटी सक्रिय बनाउँदै,धमाधम तोकिए अधिबेशन

बनेपा/नेकपा एमाले काभ्रेले पौष महिना भित्र जिल्लाका १३ वटै पालिका कमिटीका अधिबेशन सम्पन्न गर्ने निर्णयलाई कार्यान्वन गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ । जिल्ला अध्यक्ष राजन भुर्तेलले पौष महिना भित्र सबै पालिका कमिटीका अधिबेशनहरु गर्ने निर्णय जिल्ला कमिटीले गरेको बताए । 
जिल्लाको निर्णय सँगै स्थानीय कमिटीका अधिबेशनहरु घोषणा गरिएका छन् । पौषको ९ गते मंगलबार मण्डनदेउपुर नगर कमिटीको अधिबेशन आयोजना गरिएको छ । धुलिखेल नगर कमिटीको पौष १२ गते अधिबेशनको तयारी गरिएको छ । पौष १४ गते महाभारत गाउँ कमिटीको अधिबेशन तोकिएको छ । नमोबुद्ध नगर कमिटीको पौष १९ गते तोकिएको छ भने भुम्लु गाउँ कमिटीको पौष २० गते अधिबेशन तोकिएको छ । पनौती, रोशी, तेमाल, खानीखोला, बेथान्चोक, बनेपा र पाँचखाल नगर कमिटीले अझै अधिबेशनको मिति तय गरेका छैनन । 
२०८२ को पार्टी सदस्यता नवीकरण, २०८१ को फागुन चैत्र महिना भित्रै विधिसम्मत र प्रक्रिया सम्मत ढङ्गले सम्पन्न गर्ने २०८१ साल भित्र सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने केन्द्रिय कमिटीले निर्णय गरेको छ । २०८१ चैत्रसम्ममा एक राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह गरेको कार्यशालाले पार्टी र नेतृत्वका विरुद्धका षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनता बिच स्थापित गर्ने संकल्प गरेको छ । 

संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले अभियान अन्तर्गत पार्टीका नेता कार्यकर्ता र संगठन टोलसम्मै परिचालन गरिने र संगठन र कमिटीहरू निर्माण गरिने बताए । ‘जनताका समस्या समेत पहिचान गरेर उनीहरूलाई समेत साथै लिएर पार्टी कमिटी र जनसंगठनहरु वडा तहमा पु¥याउने अभियानलाई टोल टोलमा पु¥याउने एमाले काभ्रे अध्यक्ष राजन भुर्तेलले जानकारी दिए ।
मण्डनदेउपुर नगर कमिटीको अधिबेशन तयारीका लागि वडा भेला, प्रतिनिधी छनौट तथा अन्य तयारी गरिएको हो । पौष ६ गते एकै दिन सबै वडामा प्रतिनिधि छनौट गर्ने गरी नगर कमिटीले निर्णय गरेको अध्यक्ष शेरबहादुर डोटेलले जानकारी दिए । पुर्व मन्त्री एवं पोलिटब्युरो सदस्य समेत रहेका सासंद गोकुल बास्कोटाको नगर मण्डनदेउपुरको अधिबेशन भब्य बनाउन, विभिन्न तहका नेता तथा कार्यकर्ताहरु जुटिरहेका छन् । अधिबेशन कुन्ताबेशीमा आयोजना गरिएको छ । अधिबेशन आयोजना गर्ने बैठकमा नेकपा एमाले प्रदेश कमिटिको सदस्य रिता ढकालको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा नेकपा एमाले काभ्रेका सचिव राजकुमार सापकोटा, एमालेका नेताहरु विदुर सापकोटा, अम्बिका हमाल ठकुरी, निर्मला शाही, रुद्र तामाङ, कुमार भट्टराई, शम्भुप्रसाद पौडेल, आरके बस्ताकोटी, प्रकाश रोक्का, सालिकराम पराजुली, नवराज ढकाल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति चयन गरेको छ । अध्यक्ष शेरबहादुर डोटेलको संयोजकत्वमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन, सचिव तुलसी नेपालको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन उपसमिति, सुमन नेपालको संयोजकत्वमा प्रचारपसार उपसमिति तथा राममणि सापकोटाको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति चयन गरेको छ । करिब दुई हजार संगठित सदस्य रहेको मण्डनदेउपुरमा महिला, युवा र दलित समुदायको प्रनिनिधि सुनिश्चित गरिएको छ । जसको लागि १० बराबर एक जना, २० प्रतिशत युवा, कम्तिमा एक तिहाई महिला प्रतिनिधि र ५ जना बराबर एक जना दलित प्रतिनिधिको अनिवार्य सहभागिता रहनेछ । कम्तिमा तीन सय प्रतिनिधि सहभागी भएर नयाँ नेतृत्व चयन गरिने एमाले मण्डन देउपुर नगर कमिटीका अध्यक्ष डोटेलले बताए ।
यता धुलिखेल नगरको अधिबेशनको भब्य तयारी गरिएको छ । अध्यक्ष दयाराम महत, सचिव विष्णु धिताल, वडा कमिटीका अन्य नेताहरु, जिल्ला तहका नेताहरु, विभिन्न जनबर्गिय संगठनका नेताहरु अधिबेशन सफल पार्न तयारीमा जुटेका छन् ।