हीरो मोटोकर्पले एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गर्यो
काभ्रे /विश्वका उत्कृष्ट उत्पादनहरू आफ्नो हरेक बजारमा उपलब्ध गराउने प्रतिबद्धताका साथ विश्वकै ठूलो मोटरसाइकल र स्कूटर निर्माता हीरो मोटोकर्पले नेपालमा दुई नयाँ मोटरसाइकल – एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ ।
हीरो मोटोकर्पले एक्स्ट्रिम रेंज मार्फत नेपालका आधुनिक राइडरहरूको परिस्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएकोे छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हीरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ ।
एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु.३,८९,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रु. २,८९,९०० र एबीएस भेरियन्टका लागि रु. ३,११,९०० तोकिएको छ । सार्वजनिक दुबै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।
बाइक सार्वजनिक गर्न काभ्रेको बनेपामा नासिका अटो प्रालि सोरुमा आयोजित कार्यक्रमका अवसरमा बोल्दै, हीरो मोटोकर्पका नेपाल प्रमुख हर्सल पासीयोले नेपालको परिवर्तनशील ग्राहकहरूको आवश्यकता पूरा गर्दै हाम्रो नयाँ उत्पादन लाइन अप र सेल्स नेटवर्कलाई पुनर्जीवित गर्नु हाम्रो अहिलेको मूल उद्देश्य रहेको बताए । नयाँ एक्स्ट्रिम रेंज को सुरुवातले हाम्रो ‘नयाँ नेपालको नयाँ हीरो’ ब्रान्ड थिमसँग मेल खाने गरी उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता झल्काउँछ । हामी आफ्ना ग्राहकहरुको अनुभवलाई अझ विशेष बनाउन ेतिर केन्द्रित छौँ पासीयाले भने ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अधयक्ष शुभलक्ष्मी मानन्धरले उक्त वाईक लन्च गरेकोमा कम्पनीलाई धन्यबाद दिदै बाईक बेच्दा ट्राफिक नियम पनि सगै सिकउनु पर्ने बताईन् । आजकालका युवाहरुमा बाईक बढी दौडाउने, ट्राफिक नियम नमान्नेले दुर्घटनामा आफु पनि पर्ने र अरुलाई पनि दुर्घटना गराउने मानन्धरले बताईन् ।
कार्यक्रममा कम्पनीका प्रमुख सेल्स सुर्य प्रसाद ओझा, मार्केटिङ प्रमुख अनुप श्रेष्ठ, क्षेत्रीय मार्केटिङ प्रमुख सुवाष क्षेत्री लगाएतको उपस्थिती रहेको थियो । काभ्रेका आधिकारीक सो रुम नासिका अटो प्रालिका सञ्चालक सुरेश श्रेष्ठले जिल्लाको भुगोल अनुसारको उक्त मोटरसाईकल रहेको बताए ।