धुलिखेल १० ले गर्‍यो जेष्ठ नागरीक तथा एकल महिलालाई सम्मान

धुलिखेल/ धुलिखेल नगरपालिका वडा नम्बर १० ले वडामा रहेका ६८ वर्ष भन्दा माथीका जेष्ठ नागरीकहरु र एकल महिला गरी १ सय ९० जनालाई सम्मान गरेको छ ।

वडा अध्यक्ष गोविन्द उपाध्यायले वडामा रहेको जेष्ठ नागरीकहरु र एकल महिलालाई मिनि ब्लाङकेट प्रदान गरी सम्मान गरेको बताए । प्रत्येक वर्ष वडाले जेष्ठ नागरीकहरुलाई र एकल महिलाहरुलाई सम्मान गर्दै आएको उनले बताए । उनिहरुलाई सम्मानका साथै स्वास्थ्य परिक्षण गरी प्रेसर सुगर जाँच तथा खकार संकलन गरिएको थियो ।

वडामा भौतिक विकास मात्र नभई विभिन्न क्षेत्रमा काम गर्दे आएको छ । स्वास्थ्य शिबिर, स्थानीय पाटी पौवा संरक्षण, बालबालिकाहरुका लागी कार्यक्रम, वडा बासीहरुका लागी विभिन्न खालका कार्यक्रम गर्दै आएको वडा अध्यक्ष भण्डारीले बताए । कार्यक्रममा वडा सचिब ईश्वर प्रसाद सापकोटा, वडा सदस्यहरु, स्वाथ्य चौकी ईन्जार्ज बलराम पौडेल लगाएतको सहभागिता रहेको थियो ।