नेपाल लोकतान्त्रिक खेलकुद संघ काभ्रेको अध्यक्षमा पुरुषोत्तम

पनौती नगरपालिका वडा नं.७ निवासी पुरुषोत्तम कर्माचार्यले नेपाल लोकतान्त्रिक खेलकुद संघ काभ्रेको अध्यक्षको जिम्मेवारी प्राप्त गरेका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान २०७९ को भाग ६ को २४ बमोजिम कर्माचार्यलाई लोकतान्त्रिक खेलकुद संघ काभ्रेको अध्यक्षमा मनोनयन गरिएको अध्यक्ष देवेन्द्र कुमार शेरचनले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष कर्माचार्यले विधि विधान अनुसार संस्थालाई चुस्त र दुरुस्त रुपमा अगाडी बढाउने प्रतिवद्धता जनाएका छन् ।

कर्माचार्य पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष समेत हुन् । उनले पनौती क्षेत्रमो पर्यटन प्रवद्र्धनका लागि काम गर्दै आइरहेका छन् ।