एकैदिन १७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं /नेपाली बजारमा साताको पाँचौँ कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको हो ।
छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ५५ रुपैयाँले घटेर १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।