जिल्ला समन्वय समिति काभ्रेद्वारा पत्रकार महासंघमा निर्वाचितहरुलाई बधाई तथा शुभकामना

धुलिखेल÷जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचितहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ । समन्वय समितिमा आयोजित कार्यक्रममा समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, उपप्रमुख रिमबहादुर तामाङ, समन्वय अधिकारी पिताम्बर पाण्डे लगायतले बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने लगायतलाई बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो । जिल्ला कार्य समिति, प्रदेश सदस्यहरु, केन्द्रिय प्रतिनिधि परिषद् सदस्यहरु तथा विभिन्न तहमा निर्वाचितहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, पुर्व अध्यक्षहरु भोजराज तिमल्सिना र मोतिराम तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।