एक दिवसीय स्मृति, ध्यान र सुरक्षा लगायतको प्रशिक्षण कार्यक्रम सम्पन्न

बनेपा/ काभ्रेको तीन वटा पालिकाको ४८ माध्यमिक विद्यालयमा एक दिवसिय स्मृति, ध्यान, सुरक्षा  (memory , meditation , security) लगायतको विषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नविनतम कार्यक्रम स्वरुप नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाका ४८ माध्यमिक तहका विद्यार्थीहरुलाई प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम दिइएको हो ।

इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेको समन्वयमा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र तेमाल गाउँपालिकाको आयोजनामा अर्पण शर्माको मुख्य प्रशिक्षण रहेको उक्त अन्तरक्रिया जनक बहुमुखी क्याम्पस सभाहल भकुण्डेबेशीमा संचालन भएको थियो ।