आर्थिक विकास मित्र साकोसको २१ औं स्थापना दिवसमा रक्तदान कार्यक्रम

आर्थिक विकास मित्र साकोसको २१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २६ जना रक्तदाताले रक्तदान गरेका बनेपा सेवा केन्द्रका संयोजक प्रभु कोइरालाले जनकारी दिए ।
संस्थाले स्थापना दिवसको अवसरमा रेडक्रस काभ्रपलाञ्चोकलाई ४ थान ब्लड डोनेट गर्ने चियर हस्तन्तर गरेको थियो। उक्त चियर संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीले रेडक्रस काभ्रपलाञ्चोकका सभापति देवेन्द्र भैल लाई हस्तान्तरण गरेका थिए ।
संस्थाले स्थापन दिवसको अवसरमा बनेपा सेवा केन्द्रमा दीप प्रज्वलन गरिएको थियो ।
