‘जनयुद्ध’ तिमीबाट कोशौ टाढा गई सक्यो

एउटा छोटो लेख पढें ‘प्रतिबन्धित जनयुद्ध’ । म त यसो भन्छु, समयको गतिशीलताका आधारमा परिबर्तनशिल बस्तु र बस्तुको मापन समयकै आयाममा परिबर्तित र सुरक्षित गर्न सकिएन भने समयले त्यसलाइ अर्थ हिन बनाउँछ । जो उसै भएर गयो भन्ने लाग्छ । संविधान हाम्रै एजेन्डा हो, संविधान हाम्रै सर्बाेपरी हो, जनयुद्धकै बलमा संबैधानिक गणतन्त्र आएको हो भन्ने अनि त्यही जनयुद्धबाट आएको संविधान भित्र जनयुद्ध आफैं अट्दैन भने त्यो जनयुद्धको सार शिवायमा एउटा मेमो¥याण्ड्म ‘घाउ’ मात्र हो ।

अहिले जनयुद्ध, जनयुद्ध होइन घरीघरी पोल्ने जीवन युद्दका डोबहरु । आफ्नै आधिपत्य र राजगज हुँदा आफैले बिर्सेर जनयुद्धको ‘प्रतिबन्धित’ त आफैले नै ग¥यौ । जुन बेला जनताले संबिधानमा जनयुद्ध लेख भनेर २०६४ सालमा भारी मत सहित पठाएका थिए त्यतिबेला तिमीले लेख्ने हिम्मत गरेनौं । लेख्न चाहेनौं । तिम्रो जनयुद्ध रुनुसम्म उसै बेला रोइसक्यो । घाईतेको छट्टपट्टाहटमा अपाङ्गको सरापमा, खाँडीको ४५ डिग्रीको रापमा, सत्ताको लिप्सामा । अब त बखत–बखतमा जनयुद्ध आफैले भन्दो हो मलाइ बिर्सिदिए पुग्छ । कहिलेकाँही यसो भन्न मन लाग्छ । अक्सर सुनको महत्व बढि से बढी दुलही अन्माउँदा हुने गर्छ त्यस पछी थन्किन्छन दराजमा । भाई–भाईको सम्पती (सत्ता) मोहले हिजो मन्डपमा (संविधान) चेली (जनयुद्ध) मुडुले घुमाउने अहिले छिमेकिले कुरा काट्यो भन्दैमा अर्थात आफै भित्रको बेचैनीमा (सत्ता बिहिन) छिमेकिको मुख बन्द गर्न कतैबाट सुन निकाल्दै यी हाम्रानी छ्न सुन भनेर देखाउदै बेला–बेला त्रासदी सन्ताप दाह्रा किटेर हुन्छ र ? मुण्डा दुलहीको मण्डप बर्षाै अघि सकि सक्यो । मुण्डा दुलहीले त्यति बोला बुझि सकिन माइतिको मनोदशा । त्यतिबेला बगाई सकिन आँशु । पचाई सकिन लाज, शरम र घिन । माईती अहिले छट्टपटाउनै पर्दैन । कुर्लनै पर्दैन चेली आफ्नै दुनियाँमा रमाई सकिन । जसरी जनयुद्ध तिमीबाट कोशौ टाढा गई सक्यो तिम्रै संबिधानमा मुडुले बनेर मण्डपकी मुण्डा चेली जसरी ।

अर्का एक महाशयले लेख्नु भएछ संवैधानिक राजतन्त्रात्मक बहुदलीय रछ्यानमा रोपिएका विरुवाहरु रहंँदासम्म गणतन्त्रात्मक भुमिमा रोपिएको विरुवा सप्रन सक्दैन । गोडमेल गर्न ढिलो भएर नै हो । जनयुद्ध माथी प्रतिबन्ध लागेको मुल कारण । म फेरि भन्छु प्रीय महाशय एउटा यस्तो घडी थियो, यस्तो परिस्थितिको बेचैन मैदान थियो जुन घडिमा दिन पनि रात जस्तै कालो थियो । मान्छेहरु बोल्दैन थिए । बोल्न सक्दैन थिए । किंकर्तब्यमुढ थिए । हो जरुर त्यही घडी हो, त्यहि समय हो आफ्नै जीवन संगिनको धारमा राखेर, मृत्युलाई चुनौती दिदै जनताको मत र अभिमतको कुरु क्षेत्र बनाएर आईज बिरेन्द्र त्यो श्रीपेज जनताको पनि हो जस्ले जित्छ उसैले लगाउँछ भन्ने हिम्मतको पहाड उठाउँदै मदनकुमार भण्डारीले राजतन्त्र माथी धावा बोलेका थिए । त्यहीबाट जन्मिएको हो जबज, मान्छे मारेर होइन । जनयुद्ध गरेर होइन । थाहा थियो मार्छ भनेर, थाहा थियो मरिन्छ भनेर तर देशको हितमा बिस्तारबाद विरुद्ध संसदमा ३२ मिनेट बोलेर मृत्यु बरण गरेका हुन भण्डारीले । जीवन तिलान्जली दिएका हुन । भारतमै बसेर भारतिय बिस्तारवाद मुर्दाबाद भन्दै आधा नाटकको जनयुद्ध गरेका होइनन माओवादीले जस्तो । यदि कसैलाई जनयुद्ध जबज र राजतन्त्रात्मक रछ्यानले सप्रीन नदिएका हुन भन्ने लाग्छ भने आफू उभिएको जग एक पटक नियालेर हेर्न अनुरोध छ । जबज बकबास कागज पन्ना होइन । नेपालको भुगोल र माटो विशेषताको राजनीतिक, सामाजिक र आर्थिक नीति हुन । समाजवाद टेक्ने कडी हुन । लेनिनको भनाइ छ हरेक देश एक दिन समाजवादमा पुग्नेछ्न तर सबै एउटै बाटो बाट नपुग्न सक्छन । त्यहाँको भुगोल, माटो, प्रकृति राजनीतिक, सामाजिक, आर्थिक परिस्थितिका आधारमा क्रान्ति तय हुनेछ । त्यसैले चिनको माओवाद नेपालमा बस्तुगत ढङ्गले डाइजेष्ट हुन सकेन त्यो सत्य हो । एकात्मक राज्य सत्ता प्रणालीको निम्ति जङ्गल पसेर १० बर्ष पछि उही भण्डारीको जबजमा १२ बुँदे कटबासको लौरो टेकेर ध¥याङ ध¥याङ हुँदै शान्तिको भारी बिसाउन हिडे पछि जनयुद्ध सिलिगुढि तिरै फालेको होइनन र ? त्यसकारण अहिले देश जनताको बहुदलीय जनबादमा नै छ । माओवादी पनि यहि जबजकै एउटा भ¥याङको खुट्किकोमा छ । समय सापेक्षताको आधारमा जबज परिष्कृत हुनु अर्कै कुरा हो । जबज माटो विशेषताको क्रान्तिकारी सिद्धान्त भएकोले जनयुद्ध ओझेलिएको हो । माटोको क्रान्तिमा जनयुद्ध निरीह भएपछि आफैले जनयुद्ध फालेर आफै पस्चातापको दौरा नलगाउ । त्यही दौरामा जनयुद्धको काउसो बसि राख्या छ । बेलाबेला चिलाउँछ । कन्याउनु भएको हो भने यो स्वभाविक छ । अन्यथा बर्बराउनुको अर्थ नरहला । (लेखक नेकपा एमाले जिल्ला कमिटी सदस्य हुन् । यि लेखकका नीजि विचार हुन् ।)