सुख दुःख

सुख किन्न नसक्ने 
दुख बेच्न पनि धौ धौ 
तर किन हो ,
जहिले कमाउन जाने
मजदुर यही मझधारमा 
दुखको सागरमा पौडी रहन्छ 
मोती झैं सुखको खोजीमा 
कहिले नभेटिने गहिराइमा
चुर्लुम्म डुबेर धेरै बेर 
मृगतृष्णा सरह खोजतलासमा 
आशाले बाँचिरहने मनुवा
प्यान्डोराको बाकस बाट कहिले 
निस्कने हो भनेर पर्खाइमा 
हरहमेशा सुखको आगमन 
अनि दुखको विदाई कल्पेर 
मंत्र जप्दै जप्दै जीवनभर
चोला बिसर्जन नहुन्जेल ।।
                
                           बनेपा -७