बनेपामा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै सक्सेस् अब्रड् स्टडिः पुस ८ गते शैक्षिक मेला
वैदेशिक अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाईमा रहेको बनेपाको सक्सेस् अब्रड् स्टडिले नयाँ व्यवस्थापन सहित अत्याधुनिक प्रविधि भित्र्याएको छ । विगत ७ वर्षदेखि बनेपा तीनदोबाटोबाट विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि सहजीकरण गर्दै आइरहेको सक्सेस्ले बनेपा चारदोबाटो खसीबजारबाट सेवा शुभारम्भ गर्न लागेको हो । यहि पुस ८ गते शैक्षिक मेलाको आयोजना गर्दै सेवा शुभारम्भ गरिँदैछ ।
गुणस्तरीय, समयसापेक्ष र प्रविधियुक्त शिक्षण सिकाईका लागि नयाँ व्यवस्थापन सहित कक्षा सुरु गरिएको सक्सेस् अब्रड स्टडी बनेपा शाखा प्रमुख सर्मिला तिमल्सिनाले जानकारी दिइन् । सोहि दिन शैक्षिक मेलाको समेत आयोजना गरिएको छ ।
मेलामा जापानका शीर्ष संस्थाहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेट गर्न सकिनेछ भने सय जना विद्यार्थीलाई सत प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने शाखा प्रमुख तिमल्सिनाले बताइन् । मेलाले वैदेशिक अध्ययनको योजना बनाइरहेका विद्यार्थीहरुको यात्रालाई नयाँ दिशा दिने उनको विश्वास छ ।
यस्तै जापानी भाषा विशेषज्ञहरुसँग निःशुल्क भाषा सिक्ने अवसर समेत प्रदान गरिँदैछ । उनका अनुसार सक्सेस् स्टडिले जापान, अष्ट्रेलिया, क्यानडा, युके, दक्षिण कोरियामा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श तथा सहजीकरण गर्दै आइरहेको छ । उक्त देशहरुमा जानका लागि निःशुल्क मास्टरक्लास समेत सञ्चालन गर्न लागिएको प्रबन्धक तिमल्सिनाले बताइन् ।
विद्यार्थी जान चाहेको देशको भाषा, संस्कृति, अवसर र चुनौतीका बारेमा पुर्व जानकारीका लागि मास्टरक्लास समेत सुरु गर्न लागिएको हो ।
काठमाडौंको बागबजारमा मुख्य कार्यालय रहेको सक्सेस् स्टडिले १० वर्षमा १ हजार भन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि पठाएको शैक्षिक परामर्श केन्द्र नेपालका केन्द्रिय सचिव समेत रहेका सक्सेस् अब्रड् स्टडि काठमाडौंका प्रबन्ध निर्देशक भवनाथ हुमागाँईले बताए । सक्सेस् स्टडिको मुख्य कार्यालय काठमाडौंमा रहेको छ भने बनेपा, इटहरी र जापानमा शाखा कार्यालय रहेका छन् ।