श्रीखण्डपुर माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव सम्पन्न

 धुलिखेल नगरपालिका–५ मा रहेको श्रीखण्डपुर माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाइएको छ । वार्षिकोत्सव तथा अभिावक दिवस कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोकचन्द्र गोपाल धुजू श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा विद्यालयकी शिक्षक शाेभा दाहाल सापकोटाले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रमोदसुन्दर श्रेष्ठ, धुलिखेल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक गणेश आचार्य, शिक्षा शाखा प्रमुख भोज कुमार ठकुरी लगायत सरोकारवाला व्यक्तित्वको उपस्थिती रहेको थियो । कार्यक्रममा २०८० सालमा बढुवा हुने शिक्षक, उत्कृष्ट जिपीएमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने शिक्षक सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक जुजूभाई मानन्धरले विद्यालय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न विधामा अक्षयकोष राख्ने अक्षयकोषदाता र उत्कृष्ट विद्यार्थीहरुलाई पदक, प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो । सोही अवसरमा विद्यालयका पुर्व शिक्षक रमेशकुमार महतले मातापिताका नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको छात्रवृत्तिकोष स्थापना गरेका छन् । विद्यालयका शिक्षक रोहित फुयालद्धारा सञ्चालित कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।