पक्राउ परेका तरुणका केन्द्रीय सदस्य सहित जिल्ला अध्यक्षको यस्तो छ पृष्ठभुमी

– कुटपिट र गुण्डागर्दी अभियोगमा ८ पक्राउ

धुलिखेल/नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ र काभ्रेका अध्यक्ष सुजन तामाङ सहित ८ जना शनिबार विहान काठमाडौंबाट पक्राउ गरेसँगै प्रहरीले थप अनुसन्धान शुरु गरेको छ । दरबारमार्गस्थित महेन्द्र शालिक नजिकैको एक रेस्टुरेन्टमा भएको झडपमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कुलध्वज र सुजनसहित पब्लिक युथ क्याम्पस धोबिचौरका स्ववियु उपसभापति मिलन लामा, भुम्लु गाउँपालिका कार्यपालिका सदस्य सुलभ पहरी, तरुण दल काभ्रेका जिल्ला सदस्य युवराज लामा, मोरङका उर्लाबारी–७ का डम्बरबहादुर कार्की, तरुण दल सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका अध्यक्ष दावा तामाङ र काभ्रे तेमाल–५ का शक्ति लामा रहेका छन् । उनीहरूले रेस्टुरेन्टमा बैतडी स्थायी घर भएका ३६ वर्षीय रमेश भट्टलाई कुटपिट गरेको आरोप छ । प्रहरीका अनुसार घाइते भट्टको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सीसीटीभी फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका ३५ बर्षिय कुलध्वज तामाङ काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नम्वर ४ महादेवटारका हुन् । उनी हाल काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नम्वर ६ स्थित सुन्दरटोलमा बस्दै आएका छन् । उनी बर्गर हाउस बौद्धका संचालक समेत हुन् । ८ कक्षा उर्तिण गरेसँगै उनी विभिन्न कार्यमा संलग्न हुँदै आएका थिए । दौलत तामाङका छोरा कुलध्वज तामाङले राजनीतिक संरक्षणका आधारमा गुण्डागर्दी गर्दै आएको प्रहरीको निश्कर्ष छ । गुण्डागर्दीबाट बच्न राजनीतिमा प्रवेश गरी नेपाली काँग्रेस निकट तरुण दलको केन्द्रीय सदस्य बनेका कुलध्वज २०६९ सालमा बृत्त दरबारमार्गमा ज्यान मार्ने उद्योगमा पक्राउ परेका थिए भने २०७२ सालमा डाँका, चोरी मुद्दामा ११ महिनासम्म धुलिखेल कारागारमा बसेका थिए । अपराधीक पृष्ठभूमी भएका कुलध्वज संरक्षणका लागि राजनीतिमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसको भातृ संगठन तरुण दल काभ्रेका अध्यक्ष समेत भएका सुजन तामाङ भुम्लु गाउँपालिका वडा नम्वर ४ का हुन् । ३६ बर्षिय सुजनबा बाबु लालबहादुर तामाङ हुन् । १२ कक्षा उर्तिण गरेका सुजन अपराधिक पृष्ठभूमिमा संलग्न ब्यक्ति हुन् । उनी गाउँपालिका उपाध्यक्ष दावा तामाङको समुहबाट कृयाशिल छन् । अघिल्लो वर्ष मलद्वारमा लुकाएर सुन ल्याउने समुहको संरक्षणमा उत्रिएका सुजन गुण्डागर्दीमा संलग्न हुँदै आएको प्रहरीले बताएको छ । पार्टीले त्यस्ता ब्यक्तिलाई युवाहरुको अध्यक्ष बनाएको भन्दै आलोचना भए पनि गुण्डा र पार्टी एक सिक्काका दुई पाटा भएको भन्दै बर्षाै पार्टीमा संलग्नहरुले धमाधम पार्टी परित्याग गरिरहेका छन् । राजन श्रेष्ठको जाहेरीले ज्यान मार्ने उद्योगमा ललितपुर प्रहरी परिसमा मुद्दा खेपिरहेका ब्यक्ति हुन् उनि । उनलाई जिल्ला र केन्द्रका नेताहरुको बलियो संरक्षण छ ।
काभ्रे तेमाल गाउँपालिका ७ घर भएका मिलन लामा २९ बर्षका छन् । काठमाडौ महानगरपालिका स्वंम्भुमा बसोबास गर्दै आएका मिलनका बाबु उत्तरबहादुर लामा हुन् । मिलनले कक्षा १२ सम्म अध्ययन गरेका छन् । बागबजारमा इजुमेन कन्सलटेन्सी संचालन गर्दै आएका मिलन पब्लिक यूथ क्याम्पस धोविचौरका स्ववियु उपसभापति हुन् ।
तरुण दल काभ्रेका जिल्ला अध्यक्ष समेत रहेका सुजन लामाको गाउँका सुलभ पहरी ३९ बर्षका भए । भुम्लु गाउँपालिका वडा नम्वर ५ स्थायी घर भएका सुलभका बाबु सम्भु पहरी हुन् । कृषि पेशामा संलग्न भई कक्षा १२ सम्म अध्ययन गरेका सुलभ भुम्लु गाउँपालिकाको कार्यपालिका सदस्य समेत छन् । उनी भुम्लु गाउँपालिकाको तरुण दलका अध्यक्ष पनि हुन् । तरुणमा संलग्न अधिकांश युवाहरु अपराधिक कार्यमा संलग्न हुँदै आएको चर्चा यस अघि पनि भएको थियो । सोहि कार्यपालिकाका उपाध्यक्ष हुन् दावा लामा । उनी पनि विभिन्न कार्यमा संलग्न भएको प्रहरीको प्रतिवेदन छ ।
तरुण दल काभ्रेका जिल्ला सदस्य रहेका युवराज लामा काभ्रे तेमाल ५ का हुन् । २९ बर्षिय युवराजका बाबु चम्पासिंह तामाङ हुन् । १० कक्षा मात्रै पास गरेका युवराज सामान्य मानिन्थे ।
मोरङ जिल्ला उल्र्लाबारी ७ स्कुलडाँडा घर भएका ३७ बर्षिय डम्बरबहादुर कार्की हाल ललितपुर जिल्लाको थुचुमा बसोबास गर्दै आएका छन् । भिमबहादुर कार्कीका छोरा डम्बरबहादुरले कक्षा १२ सम्मको अध्ययन गरेका छन् । कृषिमा पेशामा संलग्न हुँदै आएका उनी पनि उक्त घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नम्वर १ सेलाङ घर भई काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्वर ८ नारायणटार घर भएका २७ बर्षिय दावा तामाङ कामी तामाङका छोरा हुन् । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका तरुण दलका अध्यक्ष समेत रहेका दावा तामाङले बौद्धमा द सेनर हाउस रेस्टुरेन्ट संचालन गर्दै आएका छन् ।
काभ्रे तेमाल गाउँपालिका वडा नम्वर ५ नारायणस्थान घर भई काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वजडा नम्वर ६ तिनचुली बसबोबास गर्दै आएका कर्मा नाम्गेल लामाका छोरा शक्ति लामा २१ बर्षका छन् । बौद्ध तामाङ गुम्बामा लामा पढ्दै आएका शक्तिले कक्षा १० उर्तिण गरेका छन् । उनी पनि दरबारमार्गको घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका छन् । कुटपिटमा उत्रनेहरु दावा लामा निकटका हुन् । उनी आफै पनि इन्काउन्टरबाट बचेका ब्यक्ति हुन् । उनि अहिले भुम्लु गाउँपालिका उपाध्यक्ष छन् । गृहमन्त्री रमेश लेखकका नाताले भाञ्जा पर्ने भट्टलाई उनिहरुले आक्रमण गरेका हुन् । विवादित व्यवसायी संजीव लामा ‘स्याल’ले सञ्चालन गरेको दरबारमार्गको लिक्विड लाउञ्जमा शुक्रबार राति भट्ट र उनको समूहमाथि सांघातिक हमला गरेर कुटाकुट गरेका थिए । इन्काउन्टर हुनबाट बचेकाहरु राजनीतिक संरक्षणका आडमा पुनः सल्वलाउन थालेका छन् ।