आज बढ्यो सुनको मूल्य
काठमाडौं / साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनानएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आइतबार चाँदीको मूल्य पनि बढेको छ।
चाँदी आज प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार एक हजार सात सय ६० रुपैयाँमा कारोबार भएको थियो ।