धुलिखेल खानेपानीको पाईप कवाडीमा विक्री गर्ने संचालक सदस्य पक्राउ

धुलिखेल/धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समिति धुलिखेलका अध्यक्ष कृष्णभुषण खोंजुले धुलिखेल क्षेत्रको सडक विस्तारका क्रममा निस्किएका पाईपहरु समितिलाई जानकारी नै नगराई कवाडीमा विक्री गरेको अभियोगमा पक्राउ परेका समितिका संचालक सदस्य सहित कर्मचारी र कवाडी ब्यवसायी विरुद्ध जाहेरी दिएका छन् ।

खानेपानी तथा सरसफाई उपभोक्ता समितिका संचालक सदस्य समेत रहेका धुलिखेल नगरपालिका वडा नम्वर ३ का आत्माराम पोखरेलले करिव ३ सय केजी भन्दा धेरै पाईपहरु कवाडीमा विक्री गरी समितिलाई हानी नोक्सानी पु¥याएको जाहेरीमा उल्लेख छ ।

शनिबार पक्राउ परेका पोखरेल र सोहि प्रयोजनमा संलग्न भएका कर्मचारी नवराज नेपाल र कवाडी ब्यवसायीलाई अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

छुटाउन गएका समितिका अध्यक्ष कृष्णभुषण खोंजु लगायतलाई प्रहरीले जाहेरी ल्याउन भने पछि अध्यक्ष खोँजुले समितिको सम्पति हानी नोक्सानी पु¥याई विक्री वितरण गरेको अभियोगमा कारवाही गर्न संचालक समिति सदस्य पोखरेल सहितलाई कारवाहीको माग गर्दै जाहेरी दर्ता गरेका हुन् ।

सडक निर्माणका क्रममा असरल्ल निस्किएका खानेपानीका पाईप पोखरेल लगायतले न्यून मुल्यमा आफुखुशी विक्री गरेका थिए । करिव ३ सय किलो पाईपको मुल्य १६ हजार रुपैया जतिमा विक्री गरेको पोखरेलले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उल्लेख छ ।