काभ्रेको मण्डनदेउपुरमा ज्वाइँले गरे सासूको हत्या
काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १ गैरीगाउँ घिसिङ टोलमा ज्वाइँले सासूको हत्या गरेका छन् । मंसिर ३० गते आफ्नै ज्वाइँ मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ का सुकबहादुर तामाङले सासू ५२ वर्षीया तीनमाया तामाङलाई मुक्का प्रहार गरी हत्या गरेका हुन् ।
२८ वर्षीय सुक बहादुरले सासू आमाले सधैं गाली मात्रै गरिरहने गरेको र उक्त दिन पनि गाली गरेकाले मुक्का प्रहार गरी टाउको थाममा ठोक्काई हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए ।