अनुतिर्ण विद्यार्थी दिक्षित भए पछि छानविन गर्न काठमाडौ विश्वविद्यालयले गठन गर्यो समिति
धुलिखेल/काठमाडौ विश्वविद्यालयको मसिंर २९ गते आयोजित दीक्षान्त समारोहमा स्कुल अफ म्यानेजमेन्ट अन्र्तगत डिग्री पूर्ण नभएका र बीचमा अध्ययन छाडेका समेत गरी ८ जना अनुर्तिण विद्यार्थीहरुको नाम ग्रेसलिस्टमा समावेश भई दिक्षित समेत भएका विषयमा छानविन गर्न स्कुल अफ ल का डिन प्रा.डा.ह्षीकेष वाग्लेको संयोजकत्वमा छानविन समिति गठन भएको छ ।
परीक्षा समितिका अध्यक्ष तथा रजिस्ट्रार प्रा.डा.अच्युत वाग्लेको अध्यक्षतामा बसेको बैठकले विद्यार्थीहरुलाई दीक्षन्तमा सहभागि गराउने निर्णय गर्छ । उनकै अध्यक्षताको बैठकले गरेको निर्णयका बारेमा छानविन गर्न उनैले निर्देशन दिएको विज्ञप्ती काठमाडौ विश्वविद्यालयले प्रकाशन गरेको छ । प्रवक्ता सुश्री एक्कुमाया पुनका अनुसार समितिमा पुर्व परीक्षा नियन्त्रक प्रा.डा.पन्ना थापा र पुर्व परीक्षा सहनिर्देशक विरेन्द्रबहादुर लाखे सदस्य रहेका छन् ।
परीक्षा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत सी.एन.खड्काले २०८१ पुष ३ गते गल्ति स्वीकार गरेको भन्दै काठमाडौ विश्वविद्यालयले समग्र प्रकृयामा संलग्न ब्यक्तिहरुलाई उन्मुक्ति दिने प्रयत्न समेत गरेको बताईएको छ । २०८१ पुष ७ गते बसेको कार्यकारी परिषद्का ७३३ औ बैठकबाट कार्यकारी परिषद् समक्ष प्रतिवेदन पेश गर्न एक साताको समय दिएको प्रवक्ता एक्कुमाया पुनले बताईन् ।