दुई सयलाई रोजगारी दिँदै आएको होटल सारथी धुलिखेलले आईपिओ जारी गर्दै

धुलिखेल/जिल्लामा पहिलो पटक होटल सारथी धुलिखेलले आईपिओ जारी गर्ने भएको छ । प्रालिको दशौं बार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो ।

सभाले ब्यवसाय बिस्तारका विभिन्न महत्वपूर्ण निर्णय गरेको होटलका संस्थापक एवम कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेलले बताए । अध्यक्ष प्याकुरेलको अध्यक्षतामा सम्पन्न सभामा ९५ प्रतिशत शेयरधनी सदस्यहरुको सहभागिता रहेको थियो ।

सभाले बिगत बर्षहरुको प्रगति समीक्षा गर्नुका साथै चालु आर्थिक बर्षको बजेट योजना तथा कार्यक्रम एवम् आगामी पाँच बर्षको ब्यवसायिक योजना समेत स्वीकृत गरेको अध्यक्ष प्याकुरेलले बताए ।
छोटो समयमा हस्पिटालिटीको क्षेत्रमा अलग्गै पहिचान बनाउँदै पूर्वाधार एवम् सेवा सुविधाका हिसाबले काभ्रेपलाञ्चोक जिल्लाकै अग्रणी होटलको रुपमा स्थापित गराउन सफल ब्यवसायी प्याकुरेलले सारथी ब्राण्डको ब्यवसाय बिस्तारसँगै यसबाट बढि भन्दा बढि ब्यक्तिहरुलाई लाभान्वित गराउने उद्देश्यले पब्लिक कम्पनिमा रुपान्तरण गर्दै स्थानीय एवम् सर्बसाधारणका लागि समेत कम्पनिको शेयर जारी गर्ने प्रकृया अगाडि बढाईएको बताए ।

सहभागि शेयरधनीहरुले सुरक्षित लगानीको सुनिश्चतता सहित छोटो समयममा ब्राण्डलाई बजारमा चिनाउन गरेको अथक प्रयास, मेहनत र भूमिकाले खुशी र उत्साहित बनाएको धारणा ब्यक्त गर्दै ब्यवस्थापन टिमप्रति आभारी रहेको बताए । होटलका जनरल मेनेजर धु्रर्व शर्माले धुलिखेलकै उत्कृष्ट लोकेसन, पर्याप्त पूर्वाधार तथा सेवा सुविधा, बेस्ट सर्भिस, स्वस्थ एवम स्वादिष्ट परिकारहरुका कारण बजारमा विशेष छाप छाड्न सफल उक्त होटलले आफ्ना सेवासुविधालाई अझै ब्यवस्थित र ग्राहकको चाहना बमोजिम परिमार्जित गर्दै अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छ । होटलमा एकै पटक २ सय जनालाई आवासिय क्षमता उपलब्ध गराउने क्षमता रहेको छ ।

सारथी होटलमा ईन्फिनिटी स्विमिङपुल, ओपन हट ज्याकुजी, स्पा, जिम, चिल्ड्रेन जोन, तालिम तथा सेमिनार हलहरुका साथै खुल्ला मनमोहक गार्डेन र पर्याप्त पार्किङ्ग क्षमता रहेको छ ।

छोटो अवधीमा नै स्वदेशी तथा विदेशी ग्राहकको रोजाईमा पर्न सफल उक्त कम्पनीले नेपालका प्रमुख पर्यटकीय क्षेत्रहरुमा समेत ब्यवसाय विस्तार गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । तत्कालै चितवनको सौराहामा सेवा विस्तार गर्ने लक्ष्य राखेको सभामा जानकारी गराईएको थियो ।

उद्यमशिलता विकास, रोजगारी सिर्जना र सामाजिक कल्याणको क्षेत्रमा विगत एक दशकदेखी जिललमा कृयाशिल सारथी ग्रुपले आफ्ना ब्यवसायहरु मार्फत २ सय भन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिदै आएको छ ।