बनेपामा सक्सेस् अब्रोड स्टडिको नयाँ कार्यालय उद्घाटन

वैदेशिक अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाईमा रहेको सक्सेस् अब्रोड स्टडिको शाखा कार्यालय बनेपामा उद्घाटन गरिएको छ । कार्यालय उद्घाटनको अवसरमा एक दिने शैक्षिक मेला समेत आयोजना गरिएको थियो ।

शाखा कार्यालय उद्घाटन एवं शैक्षिक मेला कार्यक्रममा शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष शेषराज भट्टराई, संघका केन्द्रिय सचिव एवं सक्सेस् अब्रोड स्टडि काठमाडौंका प्रबन्ध निर्देशक भवनाथ हुमागाँई, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष बद्रीराज तिमल्सिना, पुर्वअध्यक्ष मोतीराम तिमल्सिना, शैक्षिक परामर्श संघ काभ्रेका अध्यक्ष भुवन रायमाझी लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष शेषराज भट्टराइले सक्सेस्ले विद्यार्थी र अभिावको लागि विश्वासिलो र भरपर्दो कन्सल्टेन्सीको छवि बनाएको भन्दै प्रशंसा गरेका छन् । उनले सक्सेस् स्टडिले विद्यार्थी अभिभावकलाई केन्द्रमा राखेर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

यस्तै प्रबन्ध निर्देशक भवनाथ हुमागाँईले काठमाडौं बागबारमा २०७० देखि शैक्षिक परामर्श दिइरहेको सक्सेस्ले बनेपामा ८ वषैदेखी भरपर्दो र विश्वसनीय संस्थाको रुपमा सेवा दिइरहेको बताए । सेवालाई अझै स्तरीय बनाउन प्रविधीमैत्री नयाँ कार्यालय शुभारम्भ गरिएको उनको भनाई थियो ।

पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले विद्यार्थीसँगै अभिभावलाई पनि सल्लाह सुझाव जरुरी रहेको बताए । रेमिट्यान्स मात्रै नभई उनीहरुको ज्ञान सीपलाई पनि नेपालमा प्रयोग गर्न सक्ने वातावरणका लागि पहल गर्न शैक्षिक परामर्श संघलाई उनले आग्रह गरेका छन् ।
गुणस्तरीय, समयसापेक्ष र प्रविधियुक्त शिक्षण सिकाईका लागि नयाँ व्यवस्थापन सहित कक्षा सुरु गरिएको सक्सेस् अब्रड स्टडी बनेपा शाखा प्रमुख सर्मिला तिमल्सिनाले जानकारी दिइन् ।
सक्सेस्मा जापानका शीर्ष संस्थाहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेट गर्न सकिनेछ भने सय जना विद्यार्थीलाई सत प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने शाखा प्रमुख तिमल्सिनाले बताइन् । मेलाले वैदेशिक अध्ययनको योजना बनाइरहेका विद्यार्थीहरुको यात्रालाई नयाँ दिशा दिने उनको विश्वास छ ।

यस्तै जापानी भाषा विशेषज्ञहरुसँग निःशुल्क भाषा सिक्ने अवसर समेत प्रदान गरिँदैछ । उनका अनुसार सक्सेस् स्टडिले जापान, अष्ट्रेलिया, क्यानडा, युके, दक्षिण कोरियामा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श तथा सहजीकरण गर्दै आइरहेको छ । उक्त देशहरुमा जानका लागि निःशुल्क मास्टरक्लास समेत सञ्चालन गर्न लागिएको प्रबन्धक तिमल्सिनाले बताइन् ।
विद्यार्थी जान चाहेको देशको भाषा, संस्कृति, अवसर र चुनौतीका बारेमा पुर्व जानकारीका लागि मास्टरक्लास समेत सुरु गर्न लागिएको हो ।काठमाडौंको बागबजारमा मुख्य कार्यालय रहेको सक्सेस् स्टडिले १० वर्षमा १ हजार भन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि पठाएको शैक्षिक परामर्श केन्द्र नेपालका केन्द्रिय सचिव समेत रहेका सक्सेस् अब्रड् स्टडि काठमाडौंका प्रबन्ध निर्देशक भवनाथ हुमागाँईले बताए । सक्सेस् स्टडिको मुख्य कार्यालय काठमाडौंमा रहेको छ भने बनेपा, इटहरी र जापानमा शाखा कार्यालय रहेका छन् ।