पोखरा / जिल्ला अदालत कास्की म्याद थपका लागि अनुमति नदिएपछि डाक्टर निकोलस भुसाल रिहा भएका छन् ।
हिरासतमा सुतिरहेका रास्वपा सभापति रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा निकोलसलाई पक्राउ गरिएको थियो ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले निकोलस रिहा भएको पुष्टि गरे ।