रोशी १ का वडाध्यक्ष लामाको निधनप्रति एमाले काभ्रेद्वारा शोक वक्तव्य जारी
बनेपा/ काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष श्रीदास लामाको निधनमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) जिल्ला कमिटी काभ्रेले शोक वक्तव्य जारी गरेको छ । एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले जारी गरेको शोक वक्तव्यमा लामा पार्टीको कुशल र जुझारु नेताको साथै जनप्रिय जनप्रतिनिधि रहेको उल्लेख छ।