नेकपा एमाले भुम्लु ९ मा जीवन लामाको नेतृत्व

भुम्लु/ नेकपा एमाले भुम्लु गाउँपालिका वडा नम्बर ९ को वडा अधिवेशन नेकपा एमाले काभ्रेका जिल्ला कमिटि सचिव राजकुमार सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
अधिबेशनमा नेकपा एमाले जिल्ला कमिटी सदस्य टिकाराम लामा, युवा संघ सचिवलय सदस्य राजेन्द्र लामा , आदिबासि जनजाति महासंघ बाग्मति प्रदेश कमिटि सचिब कान्छाराम लामा लगाएतले शुभकामना मन्तब्य राखेका थिए,। कार्यक्रममा डिजिटल पार्टी सदस्यता कार्ड १११ जना सदस्यलाई वितरण गरिएको थियोे । नेकपा एमाले केन्द्रीय निति अनुरुप डिजिटल सदस्यता कार्ड वितरण गर्ने अभियान रहेको जनाएको थियो ।

जिल्लाका सबै पालिकाको डिजिटल सदस्यता कार्ड वितरण गर्ने अभियान भुम्लु बाट सुरुवात गरिएको छ । क्रमस १३ वटै पालिकामा डिजिटल सदस्यता कार्ड वितरण गरिने प्रमुख अतिथि जिल्ला पाटी सचिव राजकुमार सापकोटाले बताएका थिए । वडा अधिबेशन बाट जीवन कुमार लामाको अध्यक्षमा ११ सदस्यीय निर्विरोध निर्वाचित भएका छन भने भुम्लु पालिका कमिटीको दोश्रो अधिबेशन आगामी पौष २० गते हुने बताईएको छ ।