नेपाल एसबिआई बैंकद्वारा स्कुल ब्याग वितरण

बनेपा/ नेपाल एसबिआई बैंक लिले सामाजिक उत्तरदायित्व अन्र्तगत बनेपा नगरपालिका वडा नं. ६ मा रहेको भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग बितरण गरेको छ ।

उक्त सामाग्रीहरु बैंकका बाग्मती प्रदेश प्रमुख प्रविनमुनि बज्राचार्यले भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयका प्रधानाध्यापक दामोदर गौतमलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका बनेपा शाखाका शाखा प्रबन्धक भुपेन्द्र मान श्रेष्ठ, सहायक प्रदेश प्रमुख श्रीमती सुनिता गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बनेपा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सचितानन्द के.सि. र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय–समयमा गर्दै आइरहेको जनाएको छ ।