शिर मेमोरियल अस्पतालले गर्यो लभ शेयरीङ्ग कार्यक्रम
बनेपा/ क्रिसमसका अबसरमा शिर मेमोरियल अस्पतला एडेभेन्टीष्ट अस्पताल मेडिकल अफ ईन्ष्टिच्युटको आयोजनामा बनेपामा रहेका विभिन्न विद्यालय तथा समुदायमा आधारित माया साटा साट कार्यक्रमको आयोजना गरेको छ ।
उक्त मानब जातीमा मायाको महत्व दर्शाउने उदेश्यले हिमालय माध्यमिक विद्यालयमा उक्त स्वास्थ्य शिबिर, पौषिटक आहार सम्बन्धी प्रदर्शनिको आयोजना गरिएको थियो । शिबिरमा ४० वर्ष भन्दा माथिकम २ सय जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा स्वास्थ्य शिबिर, पौष्टिक आहार सम्बन्धी प्रर्दशनी, दाँत परिक्षण, ब्लड प्रेसर, सुगर परिक्षण तथा निशुल्क औषधी वितरण गरिएको अस्पतालकी नर्सिङ्ग डाईरेक्टर उमा थापाले बताईन् ।
उक्त कार्यक्रमका प्रमुख अतिथी बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीले अस्पतालले यस्ता कार्यक्रमहरु आयोजना गर्दा समुदायमा सकारात्मक प्रभाब परेको बताए । वर्षमा १ पटक मात्रै नभई प्रत्येक महिनामा उक्त कार्यक्रम गर्न अधिकारीले आग्रह गरेका थिए । वडा वा नगरको तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै अधिकारीले अस्पतालले शिबिर मात्रै नभई अस्पताल भित्र नै राम्रो स्वास्थ्य सेवा प्रदान गरेको बताए । कार्यक्रममा हिमालय माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष होमप्रसाद तिमल्सिना, प्रध्यानाध्यापक धुब्र्र प्रसाद भट्टराई, अमेरीकाको एल एल यु विश्वविद्यालयका प्रतिनिधि लगाएतले कार्यक्रमका बारेमा मन्तब्य राखेका थिए । शिबिर पश्चात विरामीहरुलाई निशुल्क औषधी वितरण गरिएको थियो ।
त्यसै गरी सोही टिमले काभ्रे बहिरा विद्यालयमा समेत उक्त कार्यक्रमको आयोजना गरेको थियो । विद्यालयमा रहेका ८७ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरीएको थियो भने उनिहरुलाई स्टेश्नरी वितरण गरिएको थियो । उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ९ का वडा सदस्य गणेश प्रसाद सापकोटा, नर्सिङ्ग कलेजकी प्रिन्सिपल निर्मला मानन्धर, सहायक प्रिन्सिपल प्रतिमा मानन्धर, काभ्रे बहिरा विद्यालयकी प्रध्यानाध्यापक कृष्णप्यारी नर्कमी लगाएतले उक्त कार्यको प्रशंसा गरेका थिए ।