बनेपाको ‘स्काई वे’ कन्सल्टेन्सी प्रविधिसँगै नयाँ डेकुरेशनमा

बनेपा/ब्यापारीक नगरी बनेपामा विगत ६ वर्ष देखि शैक्षिक परामर्श दिदै आएको स्काई वे एजुकेशनल कन्सल्टेन्सीले चाँदनीचोकबाट चारदोवाटो नजिकै कार्यालय स्थानान्तरण सहित प्रविधिमैत्री बनाएको छ । सोहि कार्यालयको शैक्षिक परामर्श केन्द्र इक्यानका सचिव भवनाथ हुमागाई, नेपाल पत्रकार महासंघका अध्यक्ष विनोदकुमार न्यौपाने लगायतले शुभारम्भ गरेका छन् ।

सोहि कार्यक्रममा इक्यान काभ्रेका अध्यक्ष भुवन रायमाझी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

युरोप लगायत विभिन्न देशमा शैक्षिक अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि भाषा लगायतका कक्षाहरु उपलब्ध गराउँदै शैक्षिक परामर्श दिदै आएको स्काई वेले राजधानीको बागबजारबाट पनि सेवा प्रारम्भ गरेको छ ।

पछिल्लो समय कक्षा १२ उर्तिण गरेका विद्यार्थीहरु विदेश गएर अध्ययन गर्ने क्रम बढिरहेका बेला शैक्षिक परामर्शका लागि कन्सल्टेसी खुल्ने, खुलेकाहरु कानूनी रुपमा संस्थागत हुँदै जाने र गुणस्तरीय तथा प्रविधि सहितको सेवा उपलब्ध गराउने कार्यमा सक्रिय रहेको सचिव भवनाथ हुमागाईले बताए ।

कार्यक्रममा सहभागिहरुले गुणस्रतीय सेवामा जोड दिएका थिए । उक्त कन्सल्टेन्सीमा श्यामकुमार रम्तेल र नवराज नेपाल संचालक छन् ।