घट्यो सुनचाँदीको मूल्य
काठमाडौं / नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बुधबार० सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सयमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।