धुलिखेल एमाले अधिबेशनको अन्तिम तयारीमा, नेतृत्वमा रस्साकस्सी
धुलिखेल/नेकपा एमाले काभ्रेले पौष महिना भित्र जिल्लाका १३ वटै पालिका कमिटीका अधिबेशन सम्पन्न गर्न निर्देशन दिए लगत्तै स्थानीय कमिटीहरुमा धमाधम अधिबेशन हुन लागेको छ । मंगलबार मण्डनदेउपुर नगर कमिटीको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरेको छ ।
शुक्रबार पौष १२ गते धुलिखेल नगर कमिटीको अधिबेशन आब्हान गरिएको छ । अधिबेशनको उद्घाटन पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री, प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले उद्घाटन गर्ने अध्यक्ष दयाराम महतले जानकारी दिए । अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको सचिव विष्णु धितालले जानकारी गराए । अधिबेशनको उद्घाटन सकिए लगत्तै बन्द सत्र शुरु हुनेछ । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष दयाराम महतले दोहो¥याउने चाहना प्रकट गरेका छन् । महतकै चाहना अनुरुप नयाँ कमिटी सर्वसम्वत बनाउने गरी महत आफैले पुर्व जनप्रतिनिधिहरुको भेला सम्पन्न गरिसकेका छन् भने नेतृत्व चयन सहज बनाउन प्रारम्भिक छलफल गरिरहेका छन् । उपाध्यक्ष निरोज खड्का यस अघि नै जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकाले सचिव विष्णु धितालले अध्यक्ष पदमा उम्मेदवारी दिने योजना बनाएका छन् । प्रतिनिधि छनौट लगायतका कार्यहरु सम्पन्न भईसकेकाले अध्यक्षमा उठ्ने चाहना गरेका महत र धिताल बीच पटक पटक नेतृत्व हस्तान्तरण र चयनका बारेमा छलफल भए पनि निश्कर्ष निस्कन सकेको छैन । अध्यक्ष पदमा अन्य केहि नेताहरुले पनि अपेक्षा राखेका छन् ।
धुलिखेल सदरमुकामका हिसाबले पनि महत्वपूर्ण मानिन्छ भने पर्यटकिय, शिक्षा, स्वास्थ्य तथा अन्य विकास निर्माण तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा धुलिखेल नगरपालिकाले गरेका कार्यहरुको चर्चाले पनि थप महत्वपूर्ण छ । दुई राजमार्गको केन्द्र समेत पर्ने धुलिखेलमा नयाँ नेतृत्व चयन सर्वसम्वत गर्ने र सर्वसम्वत हुन नसकेको अवस्थामा निर्वाचनमा जाने गरी तयारी शुरु गरिएको छ । जिल्ला कमिटीले निर्वाचनका लागि प्रतिनिधिहरु चयन गरिसकेको छ । एमालेले जनप्रतिनिधिहरुलाई कार्यकारी पदमा रोक लगाएको छ । उदाहरणका लागि वडा अध्यक्षहरु नगर स्तरीय कमिटीमा अध्यक्ष र सचिव बन्न पाउने छैनन । १३ वटा पालिका मध्ये धुलिखेलमा मात्रै एमालेले २०७९ को निर्वाचनमा प्रमुख पदमा विजयी हासिल गरेको छ । स्वस्थ शहर, सरसफाई, खानेपानी तथा अन्य पूर्वाधारमा सम्पन्न बन्दै गएको धुलिखेलको नेतृत्व शशक्त हुनु पर्ने सुझाव पार्टी नेता कार्यकर्ताहरुले दिएका छन् । २ सय प्रतिनिधिहरुले चयन गर्ने नेतृत्वका बारेमा विचार परार्मश शुरु भएको छ ।
जिल्ला अध्यक्ष राजन भुर्तेलले पौष महिना भित्र सबै पालिका कमिटीका अधिबेशनहरु गर्ने निर्णय जिल्ला कमिटीले गरेको बताए । जिल्लाको निर्णय सँगै स्थानीय कमिटीका अधिबेशनहरु घोषणा गरिएका छन् । पौषको ९ गते मंगलबार मण्डनदेउपुर नगर कमिटीको अधिबेशन सम्पन्न भएको छ । धुलिखेल नगर कमिटीको पौष १२ गते आयोजना गरिएको छ । पौष १४ गते महाभारत गाउँ कमिटीको अधिबेशन तोकिएको छ । नमोबुद्ध नगर कमिटीको पौष १९ र २० गते तोकिएको छ भने भुम्लु गाउँ कमिटीको पौष २० गते अधिबेशन तोकिएको छ । पनौती, रोशी, तेमाल, खानीखोला, बेथान्चोक, बनेपा र पाँचखाल नगर कमिटीले अझै अधिबेशनको मिति तय गरेका छैनन । २०८२ को पार्टी सदस्यता नवीकरण, २०८१ को फागुन चैत्र महिना भित्रै विधिसम्मत र प्रक्रिया सम्मत ढङ्गले सम्पन्न गर्ने २०८१ साल भित्र सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने केन्द्रिय कमिटीले निर्णय गरेको छ । २०८१ चैत्रसम्ममा एक राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह गरेको कार्यशालाले पार्टी र नेतृत्वका विरुद्धका षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनता बिच स्थापित गर्ने संकल्प गरेको छ ।
संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले अभियान अन्तर्गत पार्टीका नेता कार्यकर्ता र संगठन टोलसम्मै परिचालन गरिने र संगठन र कमिटीहरू निर्माण गरिने बताए । ‘जनताका समस्या समेत पहिचान गरेर उनीहरूलाई समेत साथै लिएर पार्टी कमिटी र जनसंगठनहरु वडा तहमा पु¥याउने अभियानलाई टोल टोलमा पु¥याउने एमाले काभ्रे अध्यक्ष राजन भुर्तेलले जानकारी दिए ।