बनेपा–५ मा दाजुद्वारा १४ बर्षिया बहिनी गर्भवती
![pakrau-1](https://www.madanibeat.com/wp-content/uploads/2024/12/pakrau-1.jpg)
बनेपा/१४ बर्षिया बहिनीलाई पटक पटक जर्बजस्तिकरणी गरेको अभियोगमा २० बर्षिया दाजु पक्राउ परेका छन् । बनेपा ५ घर भएका दाजुलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कक्षा ५ अध्ययन गरिरहेकी १४ बर्षिया बहिनीसँग पटक पटक सहमतिमा सम्वन्ध राखेको दाजुले स्विकार गरेका छन् । उनको पेटमा ७ महिनाको गर्भ रहेकाले थप स्वास्थ्य उपचारका लागि प्रहरीले रिफर गरेको छ । बालिकाका बाबु आमाको आर्थिक अवस्था कमजोर छ । त्यसमा पनि उनिहरु समय समयमा अत्याधिक मापसे गर्दै आएका छन् । उनिहरुको बेवास्ताका कारण गर्भ रहेको ७ महिना पछि जानकारी पाएका हुन् । १४ बर्षिया बालिकाको पेट बढ्दै गए पछि असहज हुँदै गएको थियो । सोहि कारण उनिहरु प्रहरीकोमा पुगेका थिए ।
प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । इलाका प्रहरी कार्यालय बनेपाले उनलाई मगलबार नियन्त्रणमा लिएको हो ।