बनेपा–६ खत्रीगाउँको डिपबोरिङ समुद्घाटन

बनेपा/बनेपा नगरपालिका वडा नम्वर ६ मा एक घर एक धारा अन्र्तगत खत्रिगाउँ डिपबोरिङ्ग सप्लायर्स खानेपानी उपभोक्ता समितिले उद्घाटन गरिएको छ ।

नेपाल विद्युत्त प्राधिकरण बनेपा शाखाका प्रमुख अमृतबाबु अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष सचितानन्द केसीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा सदस्य विजय सुवेदी, कल्पना परियार, लालकृष्ण तिमल्सिना, विष्णुनारायण श्रेष्ठ, वडा सचिव रवि तामाङ, वडा प्राविधिक नवराज जोशी, नेपाल विद्युत्त प्राधिकरणका इन्जिनियर सुरोज पराजुली, प्राविधिक कमलप्रसाद कुईकेल, पुर्व वडा अध्यक्ष भैरव केसी, कृष्ण बुद्ध बजगाई, दलिय संयन्त्रका प्रतिनिधिहरु विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

उपभोक्ता समितिका अध्यक्ष अनन्त प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्वर ६ का हरेक घरमा खानेपानी पु¥याउन शुरु गरिएको अभियान चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने गरी कार्य गरिएको अध्यक्ष सचितानन्द केसीले बताए । खानेपानीको बैकल्पिक र दीर्घकालिन श्रोतको ब्यवस्थापनका लागि पहल भईरहेको उनले बताए ।