संकल्प स्वेक साकोसको रजत महोत्सव

होमप्रसाद चौंंलागाँईं

मण्डनदेउपुर

संकल्प स्वेक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत महोत्सब सम्पन्न भएको छ । मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइबाको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा विभिन्न कार्यक्रमहरुको आयोजना समेत गरिएको थियो ।

प्रमुख अतिथी वाइबाले मण्डन क्षेत्रको मात्रै नभई देशकै उत्कृष्ट सहकारी बन्नु पर्ने बताए । केहि सहकारीका कारण सहकारी बदनाम हुदै गएको अबस्थामा संकल्प स्वेक सहकारी सदस्यहरुको मनजिती नमुना बन्न गएकोमा धन्यबाद दिएका थिए । सहकारीको निति,विधान ऐन भिर रहि सञ्चालन भएका सहकारीहरुमा समस्या नरहेको सहकारीकर्मीहरुले बताएका थिए ।

मण्डन भेगकै पूरानो सहकारी संस्था २०५७ पौष १० गते ४१ जना सदस्यहरु भएर स्थापना भएको सहकारी २५ वर्ष प्रवेश गरेको हो । सहकारीमा २ हजार ८ सय ७४ शेयर सदस्य, ६ सय भन्दा वढी बाल बचत सदस्यहरु रहेको बताएको छ ।

कार्यक्रममा मयडन देउपुर नगरपालिका उप–प्रमुख विष्णुमणी नेपाल, वागमती प्रदेश बचत तथा ऋण सहकारी संस्था लि.का सचिव ठाकुर बाँस्कोटा, वागमती प्रदेश सहकारी संघका संचालक सदस्य कृष्णप्रसाद तिमल्सिना, मण्डनदेउपुर आसपासका सहकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा काँठ क्षेत्रका लोकप्रीय कलाकाहरु राजेश ढकाल र प्रतिमा अर्यालले सहकारी गित मार्फत संस्थाको उन्नती प्रगतिको चर्चा गरेका थिए ।

कार्यक्रममा जेष्ठ सदस्यहरुलाई सम्मान–पत्र, न्यानो सिरक प्रदान सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष बद्री प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।