चार महिनामा ६ सय ७६ मुद्दा

धुलिखेल/पहिलो चौमासिक २०८१ साउन देखि कार्तिक मसान्तसम्म ६ सय ७६ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्षबाट चालु आर्थिक वर्षका लागि सरी आएका मुद्दाहरु पनि यहि अवधीमा फैसला भईरहेका छन् । 
जिम्मेवारी सरेका अघिल्लो वर्षसम्मका १३ सय ५७ गरी कुल २ हजार ३३ थान मुद्दा मध्ये ४ सय ८३ वटा फछर्याैट भएका छन् । १५ सय ५० वटा अझै बाँकी छन् । ६ महिना अवधीका २ सय १६, एक वर्ष अवधीका १ सय ४९, डेड वर्ष अवधीका ६६, २ वर्ष अवधीका २४ र २ वर्ष नाघेका २८ वटा मुद्दा फैसला भएका छन् । 
यो अवधीमा जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले १ सय १९, प्रेमप्रसाद न्यौपानेले १ सय २६, शिवप्रसाद पोखरेलले १ सय ९५ वटा, राजेन्द्र नेपालले ५ वटा र विश्वनाथ भट्टराईले ३८ वटा मुद्दा फैसला गरेका छन् । ३१ वटा मुद्दा दुई वर्ष नाघेका फैसला हुन बाँकी छ भने डेड वर्ष देखि २ वर्ष अवधीका ८३ वटा छन् । डेड वर्ष अवधीका २ सय ४ वटा, एक वर्ष अवधीका ४ सय २ वटा र ६ महिना अवधीका ८ सय ३० वटा छन् । अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीका अनुसार आवश्यकताका आधारमा परामर्श सेवा, जुडिसियल आउटरिच, मिट द जज, बार बेन्च अन्र्तक्रिया, न्याय क्षेत्र समन्वय समिति, योजनाको आन्तरिक प्रगति समिक्षा, सडाउनुपर्ने कागजात सडाउने, फैसला कार्यान्वयन सम्वन्धी तालिम, टिपोट तालिम र फैसला लेखन सम्वन्धी तालिम, संहिता सम्वन्धी पुनर्ताजगी तालिम, बैतनिक कानून ब्यवसायीको कारागार भ्रमण, जिल्ला बान न्याय समितिका बैठक, कर्मचारी बैठक लगायतका योजनाले निर्धारण गरेका ब्यवस्थापकीय कार्यहरु भईरहेका छन् । 
फैसला कार्यान्वयन, फरार अपराधीहरु पक्राउ र खोजविन लगायतका कार्यलाई पनि जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय तथा स्थानीय तह मार्फत समन्वय र सहिजकरण गरिरहेको छ । (यो समाचार चेष्टा साप्ताहिकमा प्रकाशित छ ।)