सर्लाहीको बसबरिया गाउँपालिका तीनका वडाध्यक्ष महतोको निधन
सर्लाही / सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर तीनका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ । कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा गएराति चितवनको भरतपुरमा निधन भएको हो ।
महतो २०७२ र २०७९ को चुनावमा लगातार दुई पटक नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समिति (गाविस) को अध्यक्ष थिए । वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले आज गाउँपालिकाभित्र शोक बिदा दिएको छ ।