विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लाग्नुस्ः खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। विद्यार्थीमा अहिले मोबाइल चलाउने प्रवृत्ति बढिरहेको भन्दै विद्यालय शिक्षापछिको दुई घण्टा खेलकुदमा लगाउन अभिभावकहरुसँग उनको आग्रह छ ।
उनले खेलकुदले शारीरिक र मानसिक रुपमा स्वस्थ राख्नुका साथै खराब सङ्गत गर्नबाट जोगाउने बताए । खाली समयमा विद्यार्थीलाई खेलकुदका गतिविधिमा संलग्न गराउन आवश्यक रहेको उनको भनाई थियो ।

मन्त्री चौधरीले बालबालिकालाई उनीहरुले चाहेको खेलकुदका विभिन्न विधामा खेलाउन आग्रह गरेका छन् ।